राजनीति

    Showing १-१० of ३४६ items.
  • कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

    काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • ५५ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।    रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रत

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • ८८ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

    काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ ।    राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।    “आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • ५३ पटक पढिएको
    • समृद्धिपथ
  • कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

    काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।   काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • ५४ पटक पढिएको
    • समृद्धिपथ
  • कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

    काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • ५७ पटक पढिएको
    • समृद्धिपथ
  • दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

    काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ”, प्रधानमन्त्री

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ५५ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि केन्द्रलाई पत्राचार गरेको थियो । केन्द्रले इकाइमा गरेको पत्राचारमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले व

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ५६ पटक पढिएको
    • समृद्धिपथ
  • मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

    काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।   बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने नेपाल चीनको तिब्बत व्या

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ४५ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको  समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौँ, १० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्नेे बताउनुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उहाँले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलत

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ४७ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल सिरहाले मनाए होली तथा ईद पर्वको शुभकामना कार्यक्रम

    फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल सिरहा शाखाले आपसी सद्भाव र एकताको पर्व होली तथा मुस्लिम समुदायको पर्व ईदको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन गरेका छन् । आइतवार सिरहाको लहान स्थित होटल विशालको हलमा भएको होली तथा ईद पर्वको शुभकामना एवम् पूर्व मेयर मुनि साहको सार्वजनिकिकरण कार्यक्रममा प्रेस चौतारी सिरहाका सदस्यहरु तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान भएका हुन् । शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सिरहा क्षेत्र नं. १ का संघिय सांसद रामशंकर यादवले होलीको अवसर पारेर प्रेस चौतारी नेपालले शु

    • प्रकाशित मितिः चैत्र ११, २०८०
    • ३४३ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A