राजनीति

    Showing ९१-१०० of ३४६ items.
  • त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

    काठमाडौं । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिल

    • प्रकाशित मितिः चैत्र ४, २०७९
    • २२९ पटक पढिएको
    • समृद्धिपथ
  • वाइसिएल नेपालद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

      जीवछ उदासी लहान,फागुन २५ गते । नेकपा माओवादी केन्द्रका युवा दस्ता वाइसिएल नेपाल सिरहाले पाँच बुँदे माग समेटिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ । ज्ञापनपत्रमा गणतन्त्र संघीयताको रक्षा अग्रगमनको विरोधमा प्रतिगामी तत्वहरुले गरिरहेको षडयन्त्र नियणत्रण,देशमा अमन चयन शान्ति सुरक्षाको प्रत्याभूति,सामाजिक विकृतिको अन्तय,मिटरव्याजीहरुमाथि कारवाही ,सत्य निरुपण आयोग मार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर ओरालो लाग्न थालेको अर्थतन्त्रमा सुधारको मागहरु समेटिएको ज्ञापनपत्र सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको छ । वाइसिएल सिरहा इन्चार्ज मनोज पासवान र

    • प्रकाशित मितिः फाल्गुन २५, २०७९
    • १,३४८ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति निर्वाचन : एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

    फागुन १३ , काठमाडौँ । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रसले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो भने कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका हुन् । संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो। नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकणर्राज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्। समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुम

    • प्रकाशित मितिः फाल्गुन १३, २०७९
    • १,२३४ पटक पढिएको
    • समृद्धिपथ
  • जसपा सांसद सहनाज रहमानको निधन

    फागुन १३ , काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ। हृदयघातका कारण उनको आज निधन भएको हो। झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए। ‘घ्याम्पेडाँडाको एक कार्यक्रममा सहभागी हुन गएकी उनी कार्यक्रमस्थलमै हर्ट अट्याक भएर ढलेकी थिइन्,’ साहले भने, ‘उनलाई मध्यपुर थिमी अस्पताल भक्तपुर ल्याएसी मृत घोषणा भयो।’ केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।

    • प्रकाशित मितिः फाल्गुन १३, २०७९
    • १,२८१ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले लहानले बुझायो नगर प्रमुखलाई ज्ञापन पत्र : माग पुरा नभए शशक्त कदम चाल्ने चेतावनी

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकामा बढ्दै गएको बेथितिविरुद्ध नेकपा एमाले लहानले नगरपालिकालाई ज्ञापन-पत्र बुझाएको छ । नगरमा बढ्दै गएको अनियमितता, आर्थिक घोटला एवम् सत्तासिन दलका गैरसम्बैधानिक गतिविधका बिरुद्धमा नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले नगर प्रमुख महेश प्रसाद चौधरीलाई शुक्रबार ज्ञापन-पत्र बुझाएको हो । विविध क्षेत्रका समेटेर ५२ बुंदे माग सहित बुझाएको ज्ञापन-पत्रमा नगरपालिकामा समानताको आधारमा पूर्ति गर्ने भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साधेर नजिकका कार्यकता एवम् आसेपासेहरुलाई पोस्ने काम गरेको आरोप लगाइएको छ । विकास तथा सेवा सुविधामुलक कार्यक्रमहरु

    • प्रकाशित मितिः फाल्गुन ५, २०७९
    • १,७१० पटक पढिएको
    • समृद्धिपथ
  • जनयुद्धका शहिदहरुको सपना साकार गर्न पार्टीमा आन्तरिक एकता आवश्यक

      जीवछ उदासी  लहान,फागुन २८ गते ।  नेकपा माओवादी लहान नगर कमिटिले आयोजना गरेको २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुले जनयुद्धको मान्यता र शहिदको सपना साकार गर्न लागि पर्ने प्रण गरेका छन् ।     सम्बोधनको क्रममा केन्द्रिय सल्लाहकार कमिटिका सदस्य खडग नारायण चौधरीले पार्टीमा भित्रिएको गैर क्रान्तिकरी चरित्र र अपराधी प्रवृति हटाउन संगठनले शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।  विपत्त व्यवस्थापन समितिको के स सुरेन्द्र साले  पार्टीभित्र देखिएको गुटफुटको विकृति हटाएर एकतावद्ध भएर लागे 

    • प्रकाशित मितिः फाल्गुन १, २०७९
    • ४५४ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले लहान नगर कमिटिको कार्यालय उद्घाटन

    फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लहान नगर कमिटिको कार्यालय बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले लहान नगर कमिटि अध्यक्ष राजकुमार साहको अध्यक्षता तथा नेकपा एमाले सिरहा १(क) बाट निर्वाचित प्रदेश सभासदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासदस्य चौधरीले मधेश प्रदेशको नगरहरुमा व्यवस्थित पार्टी कार्यालय नरहेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा लहान नगर कमिटिको पार्टी कार्यालय आफ्नै जग्गामा भव्य भवन निर्माण गरिने प्रतिवद्धता जाहेर गर्नु भयो । यस क्षेत्रको विक

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ४४५ पटक पढिएको
    • समृद्धिपथ
  • 'प्रचण्ड काँग्रेस मोहमा फस्नु हुँदैन '

    जीवछ उदासी  २०७९ को निर्वाचन परिणामले कुनै दलको बहुमत आएन । २०७४ सालको निर्वाचनभन्दा फरक परिणाम आयो । हरेक निर्वाचनपछि परिणाम फरक हुनु पनि स्वभाविक हुन्छ । पाँच वर्षमा दलहरुले गरेका राम्रा नराम्रा कामको फेरिस्तको आधारमा जनताले मतदान गरेका हुन्छ । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको बाम गठबन्धनलाई मतदाताहरुले असाध्यै मन पराएका थिए‌ । दुबै दलहरु मिलेर झण्डै दुई तिहाई संख्या सदनमा पुर्याएको थियो । सधैं सत्ताको वरिपरि रहने नेपाली काँग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो । पछि नेकपा एमाले र माओवादीहरु एकिकरण भएर नेकपा बनेको थियो । वाम ध्रुविकरणको लागि अनुकूल वातावरण

    • प्रकाशित मितिः माघ २१, २०७९
    • ४७७ पटक पढिएको
    • समृद्धिपथ
  • रवि लामिछानेको सांसद पद खारेज, गैरनागरिक रहेको सर्वोच्चको ठहर

    माघ १३ , काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार अन्तिम सुनुवाइ सकिएपछि लामिछाने गैरनागरिक रहेको आदेश आएको हो। यससँगै गत मंसिर ४ गते चितवन क्षेत्र नम्बर २ बाट विजयी लामिछानेको सांसद पद पनि खारेजीमा परेको छ। अब उनले नागरिकता पुनर्प्राप्ति प्रक्रियामा जानुपर्ने भएको छ। सर्वोच्चले रविले अमेरिकी नागरिकता त्यागेको जानकारी गराए पनि नेपालको कानुनअनुसार उनले नेपाली नागरिकता पुनर्प्राप्तिका लागि प्रक्रिया नै अघि नबढाएको पनि ठहर गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भ

    • प्रकाशित मितिः माघ १३, २०७९
    • १६८ पटक पढिएको
    • समृद्धिपथ
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

    पुस २७ , जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।  जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्। उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए।  यादवलाई नेकपा एमाले, माओवादी केन्द्र

    • प्रकाशित मितिः पुष २७, २०७९
    • २४० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A