राजनीति

    Showing ७१-८० of ३४६ items.
  • मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग

    सिहरा । नेकपा (एमाले)ले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनि

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २३७ पटक पढिएको
    • समृद्धिपथ
  • आइतबार स्थानीय तहले बजेट सार्वजनिक गर्दै

    काठमाडौं ।  सबै स्थानीय तहले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् ।  ७ सय ५३ स्थानीय तहले आर्थिक वर्ष २०८०, ०८१ का लागि आइतबार बजेट प्रस्तत गर्न लागेका हुन् । स्थानीय तहले हरेक  वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय–बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा यसबारे उल्लेख गरिएको छ ।  महानगरसहितका केही स्थानीय तहले आगामी आव २०८०र८१ का लागि शनिवारसम्म १०  स्थानीय तहले बजेट पेश गरिसकेका छन् । कू

    • प्रकाशित मितिः असार ९, २०८०
    • ३०४ पटक पढिएको
    • समृद्धिपथ
  • पहिचानको लागि लडिरहेको छु: रेशम थारु

    जिवछ उदासी  लहान,असार ७ गते ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी (थारु) ले पहिचान स्थापनाको लागि लडाइ लडि रहेको बताउनु भएको छ । लहानको नयाँ बसपार्क सिङग्राहीमा आयोजित भेलालाई सम्बोधन गर्दै संरक्षक थारुले यस्तो बताउनु भएको हो ।  संकृति भाषा र थारु पहिचानको लागि थारुवान प्रदेश हुनुपर्छ माग राखेर आन्दोलन गर्दा आठ वर्ष जेल जीवन बिताउनु परयो भन्दै कर्णाली नदीको नाम,पहिलेको अञ्चलको नाम र अहिले प्रदेशको नाम यस्तै कोशी नदी अञ्चल र प्रदेशको नाम राख्न मिल्ने तर मगर थारु लिम्बु लगायत शोषणमा परेका धर्ती पुत्रहरु थारुवान,लिम्बुवान र मगराँतको माग गर्दा जातीय राज्य भयो भनेर गलत प

    • प्रकाशित मितिः असार ७, २०८०
    • ४४० पटक पढिएको
    • समृद्धिपथ
  • ‘अखण्ड भारत’को नक्सामा नेपाली भूभाग समेटिएको प्रति एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको आपत्ति

    फिरोज सिद्दिकी, लहान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको नवनिर्मित संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश गरिएको प्रति आपत्ति जनाएको छ । सिरहाको सखुवानन्कारकट्टी-३ मा नेकपा एमाले जिल्ला कमिटि सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो बताउनु भएको हो । भारतले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुलाई पनि समावेश गरिएको सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको बताउनु भयो । उहाँले यस विषयमा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ३०३ पटक पढिएको
    • समृद्धिपथ
  • पूर्व प्रदेशसाभा सदस्य अशोक यादव एमालेमा प्रवेश, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईशर पोखरेलले गरे स्वागत

    फिरोज सिद्दिकी, लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३, परियारपुरमा नेकपा एमाले सिरहाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बुधबार भव्यताका साथ सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका नेता पूर्व प्रदेशसाभा सदस्य अशोक यादव एमालेमा प्रवेश गरेका छन् । नेता यादवलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईशर पोखरेलले गरे स्वागत गरेका हुन् । नेकपा (एकिकृत समाजवादी) र नेपाली कांग्रेसका पाँच सय बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको हो । नेकपा (एकिकृत समाजवादी) केन्द्रिय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव, एकिकृत समाजवादी सदस्य रामनारायण यादव, अमिरी

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ४०९ पटक पढिएको
    • समृद्धिपथ
  • सत्र खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८००८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत  बजेट प्रस्तुत गर्नुभएको हो ।  बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ ।  अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने  बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २५१ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका नगरप्रमुख-उपप्रमुखको टकराव, उपप्रमुख भन्छन्- अधिकार खोसियो

    फिरोज सिद्दिकी लहान । लहान नगरउपप्रमुख राम चलितर महतोले नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्धमा आफू जनतासंगै उभिएको बताएको छ । लहान नगरपालिकामा विकास निमाणर्को काममा भैरहेको व्यापक भ्रष्टाचारको विरोध गर्दै उपप्रमुख महतोले प्रेस-विज्ञप्ती मार्फत जनाएको हो । लहान नगर प्रमुख महेश प्रसाद चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न आफ्नो आसेपासे र पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेका छन् । अहिले देशैभरी भ्रष्टाचार र वेथिति विरुद्ध जनता जागरुक भैरहेको बेला लहान नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्ध आफू जनतासँगै उभिएको उपप्रमुख महतोले बताउनु

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ६७७ पटक पढिएको
    • समृद्धिपथ
  • ६ सय मतले अघि लागे उपेन्द्र यादव

    बैशाख ११ , काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्। अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ। सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए। तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्। कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरह

    • प्रकाशित मितिः बैशाख ११, २०८०
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • बारामा पछि परे उपेन्द्र यादव, शिवचन्द्र कुशवाहको अग्रता

    ११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

    • प्रकाशित मितिः बैशाख ११, २०८०
    • २०५ पटक पढिएको
    • समृद्धिपथ
  • उपनिर्वाचन उपेन्द्र यादवको लागि कति सहज ?

    जीवछ उदासी  बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ -१,बारा-२ र चितवन -२ मा हुने निर्वाचन दलहरुको प्रतिष्ठा दाउमा लागेको अडकल भइरहेको छ । कुनै पनि निर्वाचन सहज र सरल हुँदैन । तीनवटा निर्वाचन क्षेत्रमा सीमित निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र चितवन -२ रवि लामिछाने जितेको क्षेत्र बारा -२ उपराष्ट्रपति राम सहाय यादव जितेको क्षेत्र हो । तीनै क्षेत्रमा आफ्नो आफ्नो विरासत कायम राख्न सारा शक्ति दलहरु झोकि रहेको छ । चितवन र तनहुँमा काँग्रेस एमालेको लागि रास्वपा भारी हुने देखिको छ भने बारा -२ उपेन्द्र यादवको लागि

    • प्रकाशित मितिः बैशाख ६, २०८०
    • ४४१ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A