शिक्षा

    Showing ४१-५० of ११८ items.
  • कोचिङग कक्षाले शैक्षिक सुधार हुँदै ग्रामीण भेगममा

    जीवछ उदासीलहान, भदौ २५ गते । सिरहा जिल्लाको दक्षिणी भारतको सीमाक्षेत्र र हुलाकी मार्गसँग जोडिएको औरही गाँउपालिका वडा नम्बर–४ इटाटारमा एक वर्षदेखि वडा कार्यालयले कक्षा एकदेखि दससम्म सञ्चालन गरेको कोचिङग कक्षाले सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा शैक्षिक सुधार देखिएको छ । वडाअध्यक्ष सुरेन्द्र कुमार यादवको अनुसार स्थानीय तहको चुनावमा सामुदायिक विद्यालयको सुधारको लागि निःशुल्क कोचिङग कक्षा सञ्चालन गर्ने प्रतिवद्धता अनुसार विगत एक वर्षदेखि कक्षा एकदेखि दशसम्मको विद्यार्थीहरुको लागि कक्षा सञ्चालनको लागि दसजना शिक्षक भर्नागरी विहान ५ः३० बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुँदै आइरहेको छ

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ६८५ पटक पढिएको
    • समृद्धिपथ
  • बर्दिवास मेडिकल कलेजको पक्षमा सर्वोच्चको फैसला, अब कलेज निर्माणको काम सुरु हुने

    सिरहा । सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि बर्दिवास मेडिकल कलेज निर्माणको काम सुरु हुने भएको छ । बर्दिवासमा आयोजित सञ्चार समनवय तथा प्रेस भेटघाट कार्यक्रममा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले २०८० जेठ २९ गते सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि निर्माणको काम सुरु हुने जनाएको हो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले कलेज निर्माण गर्न लागेको स्थानमा वन क्षेत्र पर्छ। उक्त वन विनाश गर्न नहुने भन्दै वन अभियान्ताहरूले २०७८ फागुनमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए। पटक-पटक फैसला मिति सर्दै जे

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ३४८ पटक पढिएको
    • समृद्धिपथ
  • जनता डोमी चौधरी नमुना माविमा विद्यालयको रकम हिना मिना भएको खुलासा, प्रअ साह माथि छानविन हुँदै

    समृद्धिपथ समाचारदाता, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं २ मा रहेको श्री जनता डोमी चौधरी नमुना माध्यमिक विद्यालय प्राविधिक धारको प्रधानाध्यापक पशुपति साहले विद्यालयको रकम हिना मिना गरेको खुलासा भएको छ । स्थानीय नागरिक समाज र अभिभावकहरुको भेलाले प्रधानाध्यापक साह हरहिसाब संन्तुष्टिजनक न दिई ठूलो रकम हिना मिना गरेको खुलासा भएको हो । स्थानीय अमिरि यादव, ज्ञानेन्द्र राय र मनोज साहलगायतका स्थानीयहरुले विद्यालयमा करिब ५२ लाखको मोनोपोलि योजना आफ्नै विद्यालयमा पढाउने शिक्षकसँग बनाएर राता रात गुणस्तर हिन काम गरेको आरोप लगाएका छन् । महिना दिन नवित्दा ढलान चर्केको छ । हामीले जति भनेपछि

    • प्रकाशित मितिः असार ६, २०८०
    • ८९७ पटक पढिएको
    • समृद्धिपथ
  • पाँच वर्षमा नमूना विद्यालय बनाई छाडने प्रअ दासको प्रतिवद्धता

    जीवछ उदासी, लहान नगरपालिकाको शहरी क्षेत्रबाट प्राँच किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको जनता माध्यमिक विद्यालय सोनमति गढालाई लहान नगरपालिकाबाट सहयोग भइरहे पाँच वर्षमा मधेश प्रदेशकै नमूना विद्यालय बनाइ छाडने प्रधानाध्याक अरबिन्द कुमार दासले दृढता व्यक्त गर्नु भएको छ । २०५६ सालमा तत्कालिन गाउँ विकास समिति सोनमति गढा हाल लहान नगरपालिका –१९ र तत्कालिन गाउँ विकास समिति गढा हाल लहान नगरपालिका २३ मिलेर कक्षा सात सम्म सञ्चालित विद्यालयलाई माध्यमिक तहको विद्यालयमा स्रोन्नति गरेको थियो । माध्यमिक विद्यालय सञ्चालनको लागि सोमति गाँउ विकास समितिका अध्यक्ष बेचन यादव र गढा गाउँ विकास समसतका अध्यक्ष क

    • प्रकाशित मितिः असार ६, २०८०
    • ६७९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान-१० बैरियाँ गुदीगाउको विद्यालयको पर्खाल निर्माण सम्पन्न

    जीवछ उदासी  लहान । लहान नगरपालिका -१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाउ लहान -१०को सुरक्षाको लागि निर्वाचन विकास क्षेत्र अन्तर्गतको बजेटबाट पर्खाल निर्माणकार्य सम्पन्न भएको छ । पर्खाल निर्माण कार्य सम्पन्न भएपछि विद्यालयको सौन्दर्यकरण बढ्नुको साथै विद्यालयको शैक्षिक क्रियाकलाप शान्त वातावरणमा हुने त्यस विद्यालयका प्रधानाध्यापक रङगलाल साहले बताउनु भएको छ । उहाँले जानकरी दिनुभयो,'आठ लाख ४१ हजारको लागतमा पर्खाल निर्माण कार्य सम्पन्न भएको हो ।'  प्रअ साहको अनुसार विद्यालय क्षेत्रको जग्गा खाली रहँदा विद्यालयसँग टाँसिएको सबैको बसउठ हुने ठाउँ नै विद्यालयको प्राङगन नै हुन

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ५६२ पटक पढिएको
    • समृद्धिपथ
  • सार्वजनिक शिक्षा सुदृढीकरणका लागि लहानमा अन्तरक्रिया

    फिरोज सिद्दिकी, लहान । ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह-२०२३’ भन्ने नाराका साथ सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सिरहाको लहानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसीई नेपाल जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको उक्त सार्वजनिक शिक्षामा सुदृढीकरण सम्बन्धि छलफल अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीयता र ब्यवहारिकतामा आधारित शिक्षामा जोड दिएको हो । शिक्षामा लगानी र स्थानीय सरकारको भूमिका विषयक प्रतिवेदनमाथि छलफल गर्दै सहभागीहरुले पालिकाहरुको समग्र शैक्षिक अवस्था, समस्या र सुधारका लागि के गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेल छलफल भएको थियो । प्रतिवेदनमा जिल्ल

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • २९९ पटक पढिएको
    • समृद्धिपथ
  • अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि लहानका सबै विद्यालय बन्द

    लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ५०१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु

    फिरोज सिद्दिकी, लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो । प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै

    • प्रकाशित मितिः जेठ १, २०८०
    • ३०६ पटक पढिएको
    • समृद्धिपथ
  • स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

    फिरोज सिद्दिकी, लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो । कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए । क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्क

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • ५९८ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षाको नाममा कहिलेसम्म आम नागरिक ठगिरहनु पर्ने ?

    सिरहा जिल्लामा अहिले शैक्षिक माफियाहरूको हर्कत बाहिर आउन थालेको छ । शिक्षाको नाममा आम नागरिक ठगिने क्रम अझै रोकिएको छैन । लहान स्थित रहेको एक पुस्तक पसलले ३२ भन्दा बढी विद्यालयहरूको पुस्तक बेच्ने ठेक्का लिएका छन् । संस्थागत विद्यालय (वोर्डिङ्ग स्कूल) कमिसनको खेलमा वर्षे पिच्छे किताब परिवर्तन गरेर विद्यार्थी तथा अभिभावकलाई दुख दिने गरेका छन् । निजी विद्यालयमा हुने गरेको कमिसनको खेललाई अभिभावकहरू उजागर गरेको छ। निजी विद्यालयमा अनावश्यक पुस्तक, विद्यार्थीले बोक्नै नसकी भारी र अभिभावकले नसकने महँगी यो त वर्षौँको नियति भएको छ अनि विद्यालयले नै तोकेको ठाउमा किताब, कापी, ड्रेस, टाइवेल्ट किन्नु पर्ने

    • प्रकाशित मितिः बैशाख २४, २०८०
    • २३४ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A