राष्ट्रिय

    Showing २१-३० of ६५३ items.
  • अनुगमनको नाउमा पटक पटक एसइई परीक्षा केन्द्रमा नजान राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

    सिरहा, चैत्र १६ गते । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसइई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान निर्देशन गरेको हो । बिहीबार र शुक्रबार भएको अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई ले

    • प्रकाशित मितिः चैत्र १६, २०८०
    • १७४ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जन्हा नगरपालिकाका पूर्व मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी बैजनाथ यादवमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । यस्तै सो कार्यमा संलग्न कम्पनी उपर पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरी तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ क

    • प्रकाशित मितिः चैत्र १४, २०८०
    • २०३ पटक पढिएको
    • समृद्धिपथ
  • प्रेस चौतारी नेपाल सिरहाले मनाए होली तथा ईद पर्वको शुभकामना कार्यक्रम

    फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल सिरहा शाखाले आपसी सद्भाव र एकताको पर्व होली तथा मुस्लिम समुदायको पर्व ईदको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन गरेका छन् । आइतवार सिरहाको लहान स्थित होटल विशालको हलमा भएको होली तथा ईद पर्वको शुभकामना एवम् पूर्व मेयर मुनि साहको सार्वजनिकिकरण कार्यक्रममा प्रेस चौतारी सिरहाका सदस्यहरु तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान भएका हुन् । शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सिरहा क्षेत्र नं. १ का संघिय सांसद रामशंकर यादवले होलीको अवसर पारेर प्रेस चौतारी नेपालले शु

    • प्रकाशित मितिः चैत्र ११, २०८०
    • ३४१ पटक पढिएको
    • समृद्धिपथ
  • कलावञ्जर मुसहर समुदायका दुई घर जलेर नष्ट

      जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान नगरपालिका -२१ कलाबञ्जर मुसहर समुदायको वस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।  आइतबार बेलुका आशाराम सदायको ५ वर्षे छोरीले झुलामा झुलिरहेकोबेला लाइटर बालेपछि आगो सल्केर आगो लागेको थियो । आशारामको पिता कमली सदाय इटा भठामा काम गर्न गएको बेला आगलगी हुँदा घरमा भएका अन्न,लुगाकपडा ,नागरिकता ज्येष्ठ नागरिक भाता दिइने कागज र भाडावर्तन सबैगरी एकलाखभन्दा बढीको क्षति भएको लहान-२१ का वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । पीडित सदाय परिवारलाई वडा कार्यालय र नगरपालिकाबाट आवश्यक राहतको लागि पहल भइरहेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • २३७ पटक पढिएको
    • समृद्धिपथ
  • सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा

    रुपन्देही, ५ चैत । सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउन लागिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहर

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • १२१ पटक पढिएको
    • समृद्धिपथ
  • रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

    जीवछ उदासी  लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो । लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासक

    • प्रकाशित मितिः चैत्र ४, २०८०
    • २०१ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

      जीवछ उदासी  लहान,चैत २ गते ।  लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ ।  शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो । २०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउ

    • प्रकाशित मितिः चैत्र २, २०८०
    • ३८६ पटक पढिएको
    • समृद्धिपथ
  • करोडौको ठगी गरेर सिरहा ज्ञानकेन्द्रका कर्ण फरार

    जीवछ उदासी लहान, फागुन २८ गते । कृषि ज्ञानकेन्द्र सिरहाका करारका कर्मचारी सहयोगी अजय कर्ण सिरहाका विभिन्न पालिकाका लगभग एकसय कृषकहरुलाई अनुदानमा ट्याक्टर उपलब्ध गराइ दिने अश्वासन दिएर करोडौ रकम सङकलन गरेर फरार भएको छ । औरही गाउँपालिका वडा नन्मर –२ की ४० वर्षिय पुनिता देवी महतोले आफूसँग बजारमा तेह्र लाखपर्ने ट्याक्टर अनुदानमा आठ लाखमा दिइने विश्वास दिलाएपछि आफूले चार जना किसानसँग सैतिस लाख ६५ हजार रकम लिएर कार्यालयका करार कर्मचारी कर्ण फरारर भएको पीडा पोख्नुभयो । पीडित महतोको अनुसार आफू एक सक्रिय किसान रहेकोले कृषि ज्ञान केन्द्र सिरहा गइरहने क्रममा कार्यालयका करार कर्मचारी अजय कर्णले अह

    • प्रकाशित मितिः फाल्गुन २८, २०८०
    • ८८५ पटक पढिएको
    • समृद्धिपथ
  • सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

    तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन                                     जीवछ उदासी लहान                                         फागुन २८ गते । हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउन

    • प्रकाशित मितिः फाल्गुन २८, २०८०
    • १८३ पटक पढिएको
    • समृद्धिपथ
  • अग्नीपीडितलाई राहत वितरण

      जीवछ उदासी  लहान,फागुन २८ गते ।  लक्ष्मीपुरप पतारी गाउँपालिका -६ का अग्नी पीडितहरुलाई नेकपा माओवादी र वाइसियल नेपालले राहत वितरण गरेको छ ।  कल्यांपुरका मो हासिमको घरमा आगो लागेर खाने अन्न लगाउने लुगा सबै जलेर नष्ट भएको खबर पाएपछि वाइसियल नेपाल नेकपा माओवादी लहान नगर कमिटिबाट राहत सङ्कलन गरी पहिलो चरणको राहत वितरण गरिएको नेकपा माओवादी केन्द्र लहान नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादवले बताउनुभयो । सम्बन्धित लक्ष्मीपुर पतारी गाउँपालिकाले अग्नी पीडितको आवास निर्माण, खाद्यान्न र लिगाकपडाको लागि सहयोग गर्नुपर्ने वाइसियल नेपाल सिरहाले माग गरेको छ । 

    • प्रकाशित मितिः फाल्गुन २८, २०८०
    • २२० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A