‘उपरीक्षक (एसपी) चतुर्वेदी सिरहाली जनताको नजरमा सधैं रहिरहनु हुनेछ’

  • असार ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार ४ गते । सिरहा प्रहरी प्रमुख उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदी सिरहाबाट सरुवा हुनु भएको छ । आफ्नो कार्यकालमा सिरहाको शान्ति सुरक्षा कायम गर्न र अपराध नियणत्रण गर्न सहासिक भूमिका निर्वाह गर्नु भएकोमा जिल्लाभरि नै उहाँँको कार्यको प्रशंसा हुन थालेका छन् ।

लहान नगरप्रमुख मुनि साह एसपी चतुर्वेदीको खुलेर प्रशंसा गर्दै समृद्धिपथसँग भन्नुभयो, अपेक्षाकेत उहाँले समग्र सिरहाकै पक्षमा राम्रो काम गरेर जानु भयो लहानको सड्क फराकिलो गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र एसपी चतुर्वेदीले सघाउनुभयो । हुन त कमि कमजोरी प्रशंसा गुनासो हरेक पदमा रहेका हरेक व्यक्तिको हुन्छ नै तर समग्रमा उहाँको कार्यकाल सफल नै रहयो ।

सखुवा नन्कारकटि गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले समेत मुक्तकण्ठाले एसपी चतुर्वेदीको कार्यकालको सराहना गर्दै उहाँले दलीय नेताको अनुहार नहेरी प्रहरीले गर्नुपर्ने काम शालिन तरिकाले गरेर जानुभयो । जिललाका हरेक प्रहरी इकाइहरुलाई सहि तरिकाले परिचालन गरेर सामाजिक शान्ति सुरक्षा कायम गर्नुको साथै लागु औषध नियणत्रणको लागि समेत राम्रो काम गर्नुभयो ।

गुप्ता फार्मेसी लहानका संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ता भन्नुहुन्छ, लहानमा दोश्रो मधेश आन्दोलनको वेला डिएसी भएर लहानमा कार्यरत रहेको वेला पनि उहाँले अत्यन्तै उपयुक्त भूमिका निर्वाह गर्नु भएकोले डिएसपी र एसपी दुबै कार्यकाल उमा प्रसाद चतुर्वेदीको राम्रो रहयो । सिरहाली जनताले यस्ता प्रहरी प्रमुखहरुलाई सधै नजरमा राखि रहने छ ।

समग्र जन उत्थान केन्द्रका निर्देशक तथा मानव अधिकारकर्मी देवराज पोखरेलका अनुसार उहाँ सिरहा जिल्लाको बस्तु स्थिति राम्रोसँग अध्ययन गरेर सीमा सुरक्षा,लागु औषध नियणत्रण र कोभिड–१९ को महामारीमा समेत राम्रो भूमिका निर्वाह गर्नुको साथै प्रहरीको बारेमा आएका जन गुनासोहरुलाई समेत सुनेर सुधार गर्न लाग्नुको साथै हरेक क्षेत्रमा उत्तिकै सक्रिय प्रहरी प्रमुखको रुपमा उहाँलाई सिरहाली जनताले सम्झिरहनुपर्ने धारणा राख्नुभयो ।


महिला मानव अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, लैङिगक हिंसालाई न्युनिकरण गर्न, संघ संस्थाहरुसँग हातोमालो गरेर अघि वढ्न उहाँको भूमिका प्रशंसनीय रहयो । जहाँ कडा हुनुपर्दथ्यो त्यहाँ कडा पनि हुने जहाँ नरम भएर शान्ति हुन्थ्यो त्यहाँ नरम रुख समेत अपनाउने परिस्थितिलाई बुझ्न चतुर एसपीको रुपमा उहाँलाई लिन सकिन्छ ।


एसपी चतुर्वेदीको सरुवा सिरहाबाट प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्युरो सिआइबी विशेष अपराध अनुसन्धान महाशाखा महराजगंज काठमाण्डौ र सिरहामा कास्कीका एसपी उमाशंकर पंजियार आउने भएकोले समृद्धिपथ अनलाइनले आउनेलाई स्वागत जानेलाई बधाईको शुभकामना दिएका छन् ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A