नेकपाको विवाद समाधानको लागि बामदेव गौतमको ६ बुँदे प्रस्ताव उपयुक्त: राजेन्द्र प्रसाद चौधरी

  • श्रावण २०, २०७७
  • समृद्धिपथ
alt


नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटिका सदस्य तथा पुराना कम्युनिष्ट नेता राजेन्द्र प्रसाद चौधरी लहान नगरपालिका ११ पडरियाका स्थायी बासिन्दा हुन ।  तीनपटक सोभियत संघ रुस गएर समेत समाजवादी व्यवस्थाको बारेमा जानकार चौधरी २०४९ सालमा पडरिया गाविसको अध्यक्ष २०४८ सालमा नेकपा संयुक्तको तर्फबाट सिरहा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदबार २०५१ सालमा सिरहा १ बाट नेकपा एमालेको उम्मेदबार भई ४०० मतको अन्तरमा मात्रै पराजित हुनु भएको राजेन्द्र चौधरी अनवरत रुपमा पार्टीमा सक्रिय रहँदै आउनु भएको छ । नेकपाभित्र चर्किरहेको अन्तर द्वन्द्वको बारेमा पत्रकार जिवछ उदासीले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ .

0 नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको आन्तरिक विवादको समाधान के होला ?

–नेकपा भित्र देखिएको विवादले सरकारलाई काम गर्न अप्ठयारो भएको छ । कोरोना महामारीको समयमा यत्रो लामो वहस पार्टीभित्र हुन आवश्यक थिएन ।आन्तरिक विवादलाई वयवस्थापन गर्न पार्टीका उपाध्यक्ष सचिवालय सदस्य समेत रहनु भएको बामदृेव गौतमले ल्याउनु भएको प्रस्ताव नै समाधानको उपयुक्त उपाय हो । प्रधानमन्त्री ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिनुपर्छ भने आउने महाधिवेशनसम्म दुबै अध्यक्ष रहनुपर्छ । निर्णय बहुमतभन्दा सहमतिको आधारमा नै दुबै अध्यक्षद्वय चलन आवश्यक छ ।


0 नेकपामा रहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मध्ये कसको कारण विवाद सतहमा देखिएको हो ?

rajendra chy 2 photo 1
–साह्रै चितबुझ्दो प्रश्न गर्नुभयो । दुबैको कमजोरी देखिएकै हो । प्रधानमन्त्री समेत रहनु भएको केपी ओलीले सहमतिको आधारमा सरकारको संचालनमा कतै कतै चुक्नु भएको हो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीको काम नगरेर गुटमा बढी समय खर्च गर्नु ठूलो कमजोरी देखिएको हो । यतिवेला दुबै अध्यक्षले सरकार र पार्टीलाई सन्तुलनमा राखेर गति लिनु पर्नेमा अनावश्यक वाहस र खिचातानीमा लाग्नु दुर्भाग्य हो ।

पार्टी संगठनको अवस्था सुस्त देखिएको छ । यहि अवस्था रहि रहयो भने आउने दिन नेकपाको लागि सुखद होला त ?   

–पर्टी र सरकार दुबैको अवस्था यस्तै रहयो भने आउने दिनमा नेकपाले ठूलो खाटा व्यहोर्नुपर्ने निश्चित नै छ । सरकारले गरेको राम्रो कामको प्रचार प्रसार पार्टीले गर्नुपर्दथ्यो, कमजोरी देखिएको ठाँउमा तुरुन्तै सच्चयाउनु पर्नेमा तीललाई तार बनाएर यतिवेला प्रधानमन्त्रीको एकहोरो राजीनमा माग्नु किमार्थ उचित देखिदैन । ऐतिहासिक उपलब्धी हात लागेकोले नेकपाले समाजवादको जग निर्माणमा लागेर समृद्धिको यात्रामा आघि वढ्नु पर्दथ्यो तर त्यस्तो हुन नसक्नु ठूलो चिन्ताको विषय भएको छ ।

0 समाजवादको जग निर्माण शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएको निजीकरणले संभव छ त ?

–पटक्कै छैन । शिक्षा र स्वास्थ्यमा देखिएको निजीकरणलाई हटाउन आवश्यक छ । संविधान नै समाजवाद उन्मुख हुनु, संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा राखेकोले शिक्षा र स्वास्थ्य क्षेत्रमा एकरुपता र समानता हुन आवश्यक छ । शिक्षामा विभेद हुनु भनेको दुई किसिमको नागरिक उत्पादन गर्नु हो, यसवारे गहन छलफल हुनुपर्ने स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै अराजकता छ । गरीव दलित पछि परेका समुदायहरु निजीकरणको मारमा परेको छ । यसबारे तीनै तहको सरकारले उपयुक्त नीति बनाएर समाजवादको जग सिनर्माण गर्न शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुने वातावरण बन्न आवश्यक छ । समाजवादी मुलुकको त कुरै छाडौ कतिपय पुँजीवादी देशहरुमा पनि नेपालमा जस्तो शिक्षा र स्वास्थ्यमा निजीकरण गरिएको छैन ।

rajendra chy 1 photo
 0 पार्टीको काम व्यवस्थि नहुनुमा कुन अध्यक्षको कमजोरी देखिएको हो ?

–पार्टीको काम व्यस्थित नहुनुमा पुष्पकमल दाहाल प्रचण्डको कमि देखिएको छ । उहाँले सांगठनिक गतिविधिहरुलाई तेज बनाउनु पर्दथ्यो । तर अहिलेसम्म एकिकरणको प्रक्रिया पनि अधुरो रहेको छ । प्रदेश २ का कमिटि त झन् चलायमान छैन । कहिले बैठक नै वस्दैन । जिल्ला कमिटिको शपथग्रहण पनि नभएको अवस्था छ । न त जिल्ला कमिटिको नियमित बैठक छ न त पालिका कमिटिहरु गतिशील छ । यस्तो भद्रगोल नेकपाको कमिटिले कसरी समाजवाद आउला ? चिन्ताको विषय हो ।

0 कम्युनिष्ट पार्टीमा पनि जातिवादको विकृति सरेको छ नि ?

–यो रोग अति नै खतरनाक विकृति सरेकै हो । कम्युनिष्ट आचरणको विकासको लागि संगठन विभाग, स्कूल र प्रशिक्षण विभागहरु सक्रिय ह भएर सैद्यान्तिक धारहरुलाई माज्नुपर्नेमा त्यस्तो गतिविधिहरु भइरहेको छैन । तर हामी पडरियाका कम्युनिष्टहरु जातीवादको पछि लागेका छैनौ । जम्मा १२ वटा मत रहेको कमैत जातीका मागैन कामैतलाई गाविस अध्यक्षमा जितायौ । पडरियामा अहिले पनि जातीवाद भन्दा सिद्यान्तको कुरा गर्छौ, त्यसलाई व्यवहारमा ढाल्ने काम गरिरहेका छौ । सच्चा कम्युनिष्टहरुले जातिको पछि लाग्नु हुँदैन ।

0 तपाई कसरी कम्युनिष्ट हुनु भयो ? आउने दिनमा तपाई चुनाव उठ्ने कि नउठ्ने त्यो पनि प्रष्ट गरि दिनु न ?

rajendra chy 4 photo 1
–२०३२ सालमा विधार्थी फेडरेशनबाट बाम आन्दोलनमा लागियो । २०३८ सालमा रायमाझीलाई कम्युनिष्ट पार्टीको महासचिवबाट हटाउन भारतको मुज्जफरपुरको अधिवेशनमा सहभागी भइयो । राष्ट्रिय परिषद सदस्य हुँदै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहियो । प्रजातन्त्र आएपछि २०४८ सालको चुनावमा सिरहा २ बाट नेकपा संयुक्त मानन्धरको तर्फबाट प्रतिनिधि सभामा उम्मेदबार भए । त्यसपछि नेकपा एमालेबाट २०५१ सालमा सिरहा १ बाट उम्मेदबार हुँदा झिनो मतले पराजित भए । २०४९ सालमा पडरिया गाविसको अध्यक्षमा निर्वाचित भए । २०५१ मा मनमोहन अधिकारीको सरकारको पालामा सुकुम्वासी आयोगको सिरहा जिल्लाको अध्यक्षमा नियुक्त भए । निरन्तर पार्टीमा सक्रिय रहेर गएको प्रदेशसभाको चुनावमा उम्मेदबारी निश्चित भएपनि लगनला चौधरीको लागि त्याग गरे । आउने चुनावमा प्रदेशसभामा उठ्ने मनसाय छ ।

 

 

लोकतन्त्रमा लोकको कल ...

धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका ...

कतारका अमिरको स्वागत ...

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थ ...

औषधिमा प्रयोग हुने क ...

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प ...

कतारी अमिरको नेपाल भ ...

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A