शिक्षक दरबन्दीमिलान सहितको सरुवालाई सहज रुपमा लिऔ : शिक्षा संयोजक साह

  • श्रावण २२, २०७७
  • समृद्धिपथ
alt

लहान नगरपालिका शिक्षा शाखाले प्रावि (१–५) कक्षा सम्मका शिक्षकहरुको सरुवा गरेपछि शिक्षकहरुमा देखिएको असन्तुष्टि आन्दोलन गर्ने चेतावनी लगायत विभिन्न कोणबाट उठन थालेको विषयमा लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहसँग पत्रकार जिवछ उदासीले गरेको छोटो कुराकानी प्रस्तुत गरिएको छ ।
१ देशभरिका रहेको ७५३ स्थानीय तहमा कहिपनि सरुवा नगरेको अवस्थामा लहान नगरपालिकाले किन शिक्षक सरुवमा जोड दिनुभयो ?
–सान्दर्भिक प्रश्नबाटै सुरु गर्नुभयो । देशभरिका स्थानीय तहले किन दरबन्दी मिलान सहित शिक्षक सरुवा गरेन त्यो सरोकारको विषय होइन । लहान नगरपालिकाले किन गरयो भने कुरामा जाउ । लहान नगरपालिकामा रहेको ५९ वटा सामुदायिक विद्यालयहरु मध्ये आधा दर्जन सामुदायिक विद्यालयहरुको अवस्था मात्रै सन्तोषजनक छ । त्यसमा पनि एक देखि पाँच सम्मको अवस्था झन् चिन्ताजनक छ । सामुदायिक विद्यालयको सुधारको लागि पटक पटक शिक्षक अगुवा, शिक्षा प्रेमी नागरिक सामाजका अगुवाहरुबाट समेत सल्लाह लिँदा सुधारको क्रममा सरुवालाई प्राथमिकतामा राखेर नगरपालिकालाई सरुवा गर्न सुझाव दिइयो त्यहि आधारमा नगरपालिकाले दरबन्दी मिलान सहितको सरुवालाई अघि बढाएको हो ।
२ सरुवाको आधार कसरी बनाउनु भएको छ ? यसबारे के भन्नुहुन्छ ?
–एउटै विद्यालयबाट सरुवा भएका शिक्षकहरुलाई फरक फरक विद्यालयमा पठाउने,अवकास हुन एक वर्ष मात्रै बाँकी छ भने सरुवा नगर्ने ,चुरे क्षेत्रमा रहेको विद्यालयमा एक वर्ष मात्रै बस्न पाउने र सुगममा रहेका शिक्षकहरुको सरुवा दुई वर्ष पछि हुने गरी आचार संहिता बनाएर सरुवा थालिएको हो ।
३ शिक्षक संघ लहान नगरकमिटिका अध्यक्ष अरविन्द लाल दास,नेपाल राष्ट्रिय शिक्षक संगठनका लहान नगरकमिटिका सह संयोजक उद्धव लामा र संघीय ससमाजवादी शिक्षक फोरका लहान नगर कमिटि सहसंयोजक नेपाली साहद्वारा हस्तारक्षित विज्ञप्तीमा शिक्षा ऐनसँग नमिल्ने होचुवाको भरमा पूर्वाग्रही भएर शिक्षक सरुवा गरिएकोले यसलाई कार्यान्वयन हुन नदिने भनिएको छ नि ?
–यो सरुवा हेचुवाको भरमा गर्ने मनसाय भएको भए पहिले नै गरि दिएको हुन्थ्यौ तर हामी त्यसरी नगरेर सबैको सुझाव सललाह लिएर ऐनसँग मिल्ने आधार तयार गरेर अघि बढेका छौ । जुन शिक्षक ज्यूहरुको हस्ताक्षर विज्ञप्तीमा छन्, उहाँहरुसँग कैयौपटक गरेको अन्तरक्रिायामा शिक्षक सरुवाको बारेमा तपाईहरुको विचार के छ भने सोध्दा सरुवा प्रक्रिया थाल्नु भनेर मलाई नै घचघचाउने गरिरहनु हुन्थ्यो । आज सरुवा प्रक्रियालाई अघि बढाँउदा किन आपति भयो ? राजनीतिकरण गरयो । दलीय आडमा यसलाई कार्यान्वयन गर्न नदिने धमासका स्वरहरु निकाल्न थाल्नुभयो, यसले हामीलाई गम्भीर बनाएको छ । होचुवा भरमा होइन, लहान नगरपालिकाले ऐन बनाएर पास गरी अघि बढेको सरुवा प्रक्रियालाई अघि वढाएको हो ।
४ सरुवामा काखा पाखा भएको छ, आफ्नोलाई छानी छानी रोजी रोजी पायक पर्ने ठाँउमा राख्नु भएको आरोप उहाँहरुको छ नि ?
–आफ्नो र विरानोको सवालमा यसमा छैन । अपाङ, महिला , अशक्तहरुलाई कहि टाढा पारिएको त्रुटिहरु भएको छ भने यसलाई सच्चयाइने प्रतिवद्धता हामी व्यक्त गरि सकेका छौ । पहिलो कार्यान्वयन होस । त्यसपछि कहाँ कहाँ त्रुटि भयो त्यसलाई सुधार गर्ने भनिसकेका छौ । सरुवा नै हुन नदिने कुण्ठा कसैले बोक्नु हुँदैन । बाहिरबाट विभिन्न संघ संगठनका शिक्षकहरु आएर राजनीति गरी दिनु भएन । लहानको शिक्षा सुधारको लागि सबै शिक्षकहरुसँग सम व्यवहार गरेर अघि वढ्छौ । शिक्षामा सुधार हुनुपरयो केवल एउटै अर्जून दृष्टिका साथ अघि बढेका छौ । कहिलेपनि सरुवा भएकै थिएन पहिलो पटक गर्दा गुरुहरुलाई असहज महसुस भएको छ । तर सहज हुनेछ । यसमा हामी विश्वस्त छौ ।
५ स्थानीय तहलाई शिक्षा सम्बन्धी दिएको अधिकारमा सरुवा कहि पनि छैन , अनि कसरी सरुवा गरियो भने असन्तुष्ट शिक्षक संघ संगठनको माग रहेको छ । यसबारे के भन्नुहुन्छ ?
–फेरि त्यहि प्रसङग कोट्याउनुभयो । म सम्पूर्ण पेशागत शिक्षक संघ संगठनहरुसँग आग्रह गर्दछु तपाईको मिडिया मार्फत यसबारे बसेर छलफल गरौ, हामीले बनाएका ऐन नियमहरु के के छन् । यसबारे सवैलाई जानकारी समेत गराएको छ । ऐन आइसकेपछि सरुवा र दरबन्दी मिलानको बाटो खुलेको हो । लहान नगरपालिका भित्रै गरिएको सरुवामा खासै नजिक र टाढाको विषय प्रमुख होइन । यदि महिला , अपाङग अशक्तको हकमा त्यस्तो भएको छ भने सच्चयाउने छौ ।
६ शिक्षकहरुको सरुवा मात्रैले सामुदायिक विद्यालयको सुधार होला त ? अरु केहि उपायहरु ऋपनाउनु भएको छ ।
–शिक्षक सरुवा मात्रै प्रमुख उपाय होइन, यो सँगै राम्रो गर्ने शिक्षकहरुलाई प्रेत्साहन गर्ने अन्य सुविधाहरु समेत दिएर गुरुहरुको उच्च मनोवल गरेर सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने पक्षमा छौ । तसर्थ यसलाई उचालेर समस्या खाडा नगर्न सबैमा विनम्रतापूर्वक आग्रह गर्दछौ ।
७ प्राविको शिषकहरुको सरुवा मात्रै गर्ने कि अन्य तहका शिक्षकहरुको सरुवा पनि हुने साथै प्रधानाध्यापकहरुको पनि सरुवा हुने शिक्षा संयोजक राज कुमार साह प्रष्ट गरि दिनुस न ?
–अहिले प्राविको पहिले सकिएपछि यस बारेमा सोचौला । के गरेर सामुदायिक विद्यालयहशशरुको परिणाम राम्रो आउने छ, त्यसको लागि लहान नगरपालिका शिक्षा शाखा तत्पर रहने छ । सुरुमा गुरुहरुलाई अप्ठयारो महसुु भएपनि पछि सरुवाले नयाँपन, उर्जा मिलेको उहाँहरुले सहि नै भन्नुहुनेछ भने हामीलाइ विश्वास छ । अन्तयमा सरुवालाई सहज रुपमा लिएर कार्यान्यनमा सहयोग गरि दिन सबैमा विनम्रतापूर्वक आग्रह गर्दछौ । अब हाम्रो शिक्षक राम्रो शिक्षक,सामुदायिक विद्यालयमको सुधार सामाजको सुधार भने मनसायले अघि बढ्नुको विकल्प छैन ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A