‘नेपाली काँग्रेस सिरहाको सभापतिको लागि उम्मेदबार म पनि हुन सक्छु’

  • श्रावण २६, २०७७
  • समृद्धिपथ
alt

सिरहा धनगडीमाई ११ सोनापुरमा २०२० सालमा जन्मिनु भएको राम दयाल यादव १६ वर्षकै उमेरदेखि जीवन र जवानी नेपाली काँग्रेसमै समर्पित गरेर अनवरत रुपमा पार्टीमा लागि रहनु भएको छ । २०३६ सालको प्रजातन्त्रको लागि भएको आन्दोलनमा नेपाली काँग्रेसको झण्डा बोकेर सधै इमानदार सिपाहीको रुपमा पार्टीको पक्षमा लाग्नु भएको यादव १४ औ महाधिवेशनमा नेपाली काँग्रेसले जनताको मन जित्ने इमानदार नेतृत्वलाई चयन गर्नुपर्ने विचारमा अडिग रहनु भएको छ ।यादव २०३९ सालदेखि कृष्ण प्रसाद भट्टराइको शिष्य भएर काँग्रेसको नीति सिद्यान्तबाट कहिलेपनि अविचलित नभइ लागि रहनु भएको छ । यस पटक सिरहा जिल्लाको सभापतिको उम्मेदबारको दावी गरिरहनु भएको यादवसँग समृद्धिपथका पत्रकार जिवछ उदासीले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्त्ुत गरिएको छ ।

0 नेपाली काँग्रेसमा लागेको कति भयो, यसो छोटकरीमा प्रष्ट पारि दिनुस न ?

–नेपाली काँग्रेसमा अनवरत रुपमा ४१ वर्षदेखि लागेको छु । कृष्ण प्रसाद भट्टराइको शिष्य भएर काम गर्दा उहाँको सदा जीवन उच्च विचारको शैलीलाई मनन गरेर जस्तोसुकै संकटको वेला पनि पार्टीको मूल विचारबाट अलग भएको छुइन । पार्टीको आदर्श सिद्यान्तमा टिकेर चार दशक पुरा गर्दा यसैमा गौरव पनि महसुस गरिरहेको छु ।

0 तपाई कृष्ण प्रसाद भट्टराइको शिष्य भएर पछि पार्टी विभाजन हुँदा गिरिजा प्रसाद कोइरालासँग नजिक हुनुभयो यसबारे प्रष्ट गरि दिनुस न ?

–अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । पार्टी विभाजन भएको वेलामा म कृष्ण प्रसाद भट्टराई (किसुन) जी सँग सोधेर म फुटतिर जान सक्दिन । नेपाली काँग्रेसको चुनाव चिन्ह रुखको छहारी नै मलाई मन पर्छ भन्दा किसुनजीले तपाईलाई त्यहि मन पर्छ भने उतै वस्नु भन्नुभयो । म संस्थापन पक्षमै रहे । गिरिजा प्रसाद कोइराला २०६४ सालको संविधान सभाको निर्वाचनमा सिरहाबाट संविधान सभामा उम्मेदबार बनाएर पठाउनुभयो । त्यतिवेला मैले भनेको थिए यो अवस्थामा म चुनाव जित्न सक्दिन । मसँग त्यति धन सम्पत्ति पनि छैन । समानुपातिकमा नै मलाई राखिदिनु गिरिजा बाबु । उहाँले भन्नुभयो,यतिवेला कोहिपनि चुनाव लडन तयार छैन । तपाई जानुपर्छ भन्दा मैले आदेशलाई मानेर उम्मेदबार भए, त्यस्तो अवस्थामा पनि आठ हजार मत ल्याएका थिए ।

0 तपाई नेपाली काँग्रेसको पुरानो नेता विपिको समाजवाद नेपाली काँग्रेसले कतिको लागु गरेको छ ?

–यो प्रश्न पनि मेरो मनलाई छोयो ।् विपि कोइरालाको समाजवादलाई लागु गरेर नेपाली काँग्रेस गएको भए आज यस्तो नाजुक अवस्था काँग्रेसको लागि हुने थिएन । देश समृद्धि र उन्नतिको बाटोमा उहिले नै लागि सकेको हुन्थ्यो । १४ महाधिवेशनमा जनताको मन जित्नको लागि इमानदार नेतृत्वलाई चयन गरेर मुलुकको कायापलट गर्न नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्ने वेला भयो । जनताले नेकपालाई दुई तिहाईको वरिपरिमा जनादेश दिएपनि केहि गर्न सकेन । जनताको मुड फेरि नेपाली काँग्रेसतिर फर्केको छ, यस मतलाई तान्न नेपाली काँग्रेसलाई १४ औ महाधिवेशनबाट सुधार गर्न आवश्यक छ ।

0 तपाईले पटक पटक इमानदार नेतृत्वको पक्षमा जोड दिइरहनु भएको छ । के शेर बाहादुरको नेतृत्वले इमानदारीपूर्वक काम गर्न सकेन भन्न खोजनु भएको हो ?

–शेर वाहादुर देउवाले केन्द्रमा सहि नेतृत्व गर्न सक्नु भएन । सिरहामा सभापति राम चन्द्र यादवले उचित भूमिका खेल्न सक्नु भएन । पार्टीमा लगानी लागेकाहरुलाई चुनावमा उम्मेदबार बनाउनु भएन । सिरहामा पार्टीका सबै नेता कार्यकर्ताहरुको मन जितेर अभिभावक्तव भूमिका खेल्न नसकेककै कारण पराजित हुनु परयो । देशभरिमा र सिरहामा पनि काँग्रेस कमजोर हुनुको कारण केन्द्रमा शेर बाहादुर देउवा र सिरहामा राम चन्द्र यादवको कमि कमजोरीले गर्दा नै यस्तो अवस्था आएको हो ।

0 तपाई यस पटक सिरहा जिल्लाको सभापतिको लागि उम्मेदबारी दिने कुरा चलेको छ । के सत्य हो ? प्रष्ट गरि दिनुस न ?

–नेपाली काँग्रेस सिरहालाई सहि दिशा र उचित नेतृत्वको खाँचो देखिएकै हो । त्यसमा म पनि सभापतिको लागि उम्मेदबार बन्न इच्छा राखेको छु । तर म भन्दा पनि राम्रोसँग हाक्ने उम्मेदबार आयो भने म बाधक पनि छैन । यत्रो वर्षदेखि लागेको पार्टीको हितमा त्याग र वलिदानी गर्न पनि पछि पर्ने छैन । यसको लागि अहिले छलफल भइरहेको छ । सबै साथीले उम्मेदबार बन्न सललाह दिनु भयो भने यसपाली म सिरहा जिल्लाको सभापतिको उम्मेदबार बन्न तयार छु । जिम्मेबारीबाट पछि हट्दिन ।

0 नेपाली काँग्रेसको जिलला होस् वा केन्द्र नेतृत्वको लागि आर्थिक हैसियत भएकै व्यक्ति हुनुपर्ने अभ्यास देखिएको छ नि ?

–हो यो पनि सत्य नै हो तर यसैमा सुधार गर्नको लागि नेपाली काँग्रेस सच्चिन जरुरी छ । प्ुरानो पार्टी प्रजातन्त्र रष्ट्रियता र समाजवादको पक्षधर पार्टीमा दारु भारुको विकृत जुन हावी हुँदै गएको छ । यसको अन्तय हुन आवश्यक छ । नातावाद, कृपावाद आफन्तवाद र जातिवादको फन्दाबाट काँग्रेसलाई मुक्त गर्न वैचारिक सैद्यान्तिक र संघर्षको इतिहासलाई प्राथमिकतामा राखेर जानु पर्ने जरुरी छ ।

0 नेपाली काँग्रेसमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज उठिरहेको छ नि ? यसबारे के भन्नुहुन्छ ?

–नेपाली काँग्रेसभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुने कुरा उठेको छ तर लामो इतिहास बोकेका नेताहरु अझैसम्म नेतृत्वमा नपुगेकोले पुरानो पुस्ताकै नेतृत्वमा महत्पूर्ण पदहरुमा नयाँ पुस्तालाई समेत समेटेर लैजानुपर्ने आवश्यक्ता छ । नयाँँ पुस्ताहरुमा खारिएका नेताहरुलाई समेटेर यसपटक दह्रो नेतृत्व आउन जरुरी छ ।

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A