‘कोरोना महामारीको वेला पनि विकासको गति रोक्नु भएन ’

  • भदौ १९, २०७७
  • समृद्धिपथ
alt

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने पहिलेको तरेगना गोबिन्दपुर अहिले लहान नगरपालिकाको १६ र १७ नम्वर वडामा परिणत भएको छ । १७ नम्वर वडाका वडाधयक्ष प्रथमलाल चौधरी स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । चौधरी लहान नगरपालिकाको पशु संयोजक समेत हुनुहुन्छ । गपभन्दा काममा विश्वास गर्ने स्वभावका चौधरी कोरोना महामारीको कहरमा आइपरेको संकटसँग जुध्दै विकासमा अघि बढिरहनु भएको छ ा  विकास निर्माणमा पनि अघि बढिरहनु भएको छ । उहाँसँग पत्रकार जिवछ उदासीले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
 तपाई वडामा निर्वाचित भएपछि जनातासँग गरेका प्रतिवद्धता कतिको पुरा गर्नुभयो ?

–पहिलो प्रश्न नै मन छु्ने खालको सामयिक प्रश्न गर्नुभयो ।

१७ नम्वर वडामाका शिक्षा, स्वास्थ्य , कृषि, सडक , पूल र पर्यटनको क्षेत्रमा गर्नुपर्ने थालनी गरेर कतिपय वाचाहरु पुरा भएको छ भने कतिपय कामहरु थालनी समेत रहेको छ । २० वर्षपछि जनप्रतिनिधिहरु आँउदा निकै कामहरु वाँकी थियो । सुरुमा त कताबाट काम सुरु गरौ भने लाग्यो । यस वडामा वडामा सडक, सिंचाइको लागि विद्युतीकरण जस्ता कामहरुको थालनी गरयौ । अहिलेसम्मको काम गराइले आफूलाई आत्म सन्तुष्टि भएपनि जनताका चाहनाहरु अझै धेरै वाँकी रहेकोले त्यसको पुर्तिको लागि लागि परेका छौ ।

prathamlal chaudhry interview.photo 2

 सडकको काममा माटोको काम गर्ने वर्षाको समयमा बगाएर लैजाने विकासलाई नै निरन्तरता दिनु भयो कि ठोस काम गर्नु भयो ? यसो बताइ दिनुस न ।

–१७ नम्वर वडाका गल्लीहरु, शाखा सडकहरु सबै ढलान गरियो । ७०० मिटर नाला निर्माण र १२०० मिटर ढलान सडक निर्माण गरिसकेका छौ । यस वर्षको योजनामा पिसिसी ढलानको योजनाहरुलाई प्राथमिकतामा राखेर विकासलाई निरन्तरता दिने सोच बनाएका छौ

सडक बाहेक अरु के के कामहरु गर्नुभयो ?

   prathamlal chaudhry interview.3 photo

–मुतनी खोलामा पुल नहुँदा ३ किलोमिटरको बाटो वर्षातको वेला १२ किलोमिटर घुमेर आउनु पर्ने बाध्यताको अन्तय गरेर लहान नगरपालिकको नगर योजनाबाट ५३ लाखमा पुल पनिर्माणको काम अन्तिम चरणमा छ । कृषि विद्युतीकरणको काम पनि सम्पन्न भएको छ ।

 लहान १७ नम्वरमा रहेको देवी दह पर्यटकीय स्थलको विकासमा वडाबाट के कामहरु गर्नुभयो ?

सहि प्रश्न गर्नुभयो । देवीदहमा पर्यटकहरुको घुइचो लाग्न थालेको थियो । तर त्यसको वयवस्थापन पक्षलाई अझै व्यवस्थित बनाउन नयाँ समिति चयन गर्नुपर्ने समस्या देखियो । नयाँ समिति बनेपछि देवी दहमा फेरि पर्यटकीय भित्रयाउन कामहरु भइरहेको छ । दहको माटो उत्खन्न गरेर वयवस्थित बनाउने र त्यहाँ देवी थान शिव मन्दिर समेत निर्माण भएको छ ।

 यस वडाका मुख्य समस्याहरु के के रहेका छन् ?

सानो तिनो समस्याहरु आइरहन्छ समाधान भइरहन्छ । तर प्रमुख समस्या वलान नदी र मुतनी खोलाले कृषि योग्य जमीन काट्ने कामलाई रोक्न आवश्यक छ । यसको लागि नगरपालिकाको बजेटबाट मात्रै संभव नभएकोले संघीय र प्रदेश सरकारको सहयोग आवश्यक छ ।

 कोारेनाको महामारीको वेला वा अन्य आपत विपत आँउदा जनताको समस्यामा कतिको सक्रिय भइरहनु भएको छ ?

prathamlal chaudhry interview.4 photo

ज्तिवेला संकट समस्या आइपरयो भने म आफ्ना वडावासीको हितमा काम गर्न उपस्थित रहन्छु । कोारेना महामारीको वेला राहत वितरण गर्न होस् चाहे जाडो याममा न्यायनो लुगा वितरण गर्न होस् म जनताको काममा इमानदारीपूर्व काम गरिरहेको छु । म भाषमा मात्रै होइन, काममा विश्वास गर्छुु ।

 तपाई त लहान नगरपालिकाको पशु संयोजक पनि हुनुहुन्छ ? संयोजकको हैसियतले के कति काम गर्नुभयो ? त्यो पनि प्रष्ट गरि दिनुस न ?

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १५,१६,१७ १८ र २४ नम्वर पशुहरुको पकेट क्षेत्रको रुपमा रहेको छ । यस भेगमा नश्ल सुधारको लागि बोका वितरण,पाडा राङगा वितरण, दुध डेरी सेन्टर स्थापनाको लागि गृह कार्य भइरहेको ,पशु पालनमा प्रोत्साहन गर्नको लागि वीमा कार्यक्रम अघि बढाएको छ ।

 अब त फेरि चुनाव नजिक आउन थाल्यो । तपाई युवा वडाध्यक्ष अर्को चुनावको लागि जनताले तपाईलाई फेरि पतयाउने कतिको विश्वस्त हुनुहुन्छ ?

–यो प्रश्नको जवाफमा म के भन्छु भने वडाको वृहत्तर विकासमा पूर्ण सक्रियताकोसाथ काम गरेको छु । सवैको सहयोग र साथ पनि पाएको छु । म कम बोल्ने र बढी काम गर्नेमा विश्वास गर्ने स्वभावको हुँदा वडाबासी सबै मेरो कामबाट खुसी छन् । अर्को चुनावमा मलाई पहिलेको भन्दा सजिलो नै होला लाग्छ । कामलाई मूल्याङकन गरेर फेरि जिम्मेवारी दिन्छ भनेमा म पूर्ण विश्वस्त छु ।

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A