तराई मुक्ति मोर्चाद्वारा मालपोत कार्यालय लहानमा बम बिष्फोट

  • चैत्र १, २०७७
  • समृद्धिपथ
alt

लहान । मालपोत कार्यालय लहानमा बम विष्फोट भएको छ । आइतबार दिउसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहले बम विष्फोट गराएको हुन सक्ने लहानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपन दाहाल जानकारी दिनु भएको छ ।

घटना स्थलमा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट भेटिएको थियो । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् ।

विष्फोटमा परेर कार्यालयका कर्मचारी शिव कुमार यादव सहित ८ जना घाइते भएका छन् । गम्भिर घाइते भएका एक जना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं गलिने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

अरु सामान्य घाइतेहरुलाई लाहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

एमबिबिएस पढ्ने र विम ...

  जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहा ...

छठको रौंनक घाटमा सरस ...

जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयार ...

‘फाइलहरु खोल्न नसके ...

जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । ...

मंसिर ६ गते सिरहा धन ...

  जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A