सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी एक्सनमा आउछ : डिएसपी डा. दाहाल

  • चैत्र ३१, २०७७
  • समृद्धिपथ
alt

 

जिवछ उदासी

लहान, चैत ३१ गते । लहान नगरपालिकामा केहि दिन यता लगातार भएको डकैतीका घट्नाले असुरक्षा महसुस गरिरहेका व्यापारीहरुले सिरहा जिल्लाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेपछि सामुहिक कार्यक्रममा लहानका डिएसपी डा तपन दाहालले शान्ति सुरक्षाको प्रत्याभूति गराउन लहानको प्रहरी एकसनमा आउने बताउनु भएको छ ।


लहान–२३ गढा चोकमा सुन चाँदीका व्यवसायी ४३ वर्षिय प्रदिप कुमार विश्वकर्मालाई गएको शनिबार राती १२ बजे लुटेराहरुले लाखौ मूल्यका सून चाादी लुट्नुको साथै व्यवसायी विश्वकर्मालाई हत्या गरेको, २३ गते लहान –२ मा रहेको सविता किराना पसलमा लुटपाट गर्नुको साथै पसल सञ्चालक बिन्देश्वर यादव र उहाँको पत्नी सविता यादवको टाउकोमा रड प्रहार गरेको ,चैत ३० गते लहानको बीच बजारमा रहेको महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश शरडाको घरमा पसेर ५० केजी चाँदी र सुनका गहना लुटेपछि लहानका व्यापारी व्यवसायीहरु असुरक्षित भएपछि सिरहाका प्रहरी प्रशासनसँग यस्तो माग गरेका हुन् ।

lahanma surksha din police active news photo 2
जिल्ला उद्योग बाणिज्य सिरहा लहानको कार्यालयमा जिल्ला प्रहरी प्रमुख उपरक्षिक सुदिपराज भण्डारी,प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल,सशस्त्र प्रहरी जिल्ला प्रमुख उपरीक्षक दिपेश गिरी, इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाल र लहान नगरप्रमुख मुनि साहलाई जिल्ला उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य गोलबजारका अध्यक्ष भरत अग्रवाल र पूर्व अध्यक्ष पवन मुन्धडाले शान्ति सुरक्षाको प्रत्याभूति नभए लहानका व्यापारी व्यसायीहरु पलायन हुने जानकारी गराउनुभयो ।


लहानमा घटेका शृङखलावद्ध अपराधिक र डकैतीका घट्नाहरु नियणत्रण गर्न प्रहरी सक्रियता निकै बढ्नुको साथै लहान स्थित मालपोत कार्यालयकमा बम विष्फोट गराउन र गढाको सुन चाँदी व्यवसायीलाई हत्या गर्ने गिरोहका लुटेरा हत्याराहरु पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालले जानकारी गराँउदै अन्य फरार रहेकाहरुलाई खोजी गरेर ल्याउनुको साथै लहानमा शान्ति सुरक्षाको लागि प्रहरी सक्रिय भैसकेकोले आफ्नो व्यापार व्यवसाय निर्धक्क भएर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

lahanma surksha din police active news.photo 3
उहाँले भन्नुभयो,‘मैले आधा दर्जन ठूला शहरहरुमा पूर्ण शान्ति सुरक्षा कायम गरेर आएको अनुभव छ । लहानमा आएको अढाई महिना भयो । कृहि अपराधिक घट्नाहरु घटेकै हो । दस दिनपछि तपाईहरु प्रहरीको कार्वाही देखेर मेरो पनि प्रशंसा गर्नु हुनेछ । म अपराधीहरुसँग नरमरुख अपनाउदिन्न । शान्ति सुरक्षा दिन्न असमर्थ भए म आफै लहान छाडने छु । तर केहि दिन धैर्य गरौ अपराधीहरुलाई पातालबाट पनि खोजेर ल्याउन पछि पर्दिन्नँ ।’


सिरहा प्रहरी प्रमुख सुदिपराज भण्डारीले आफू आएको अढाई महिनामा सिरहामा भएका अपराधी घट्नाहरुमा प्रहरी सक्रियतामा कमि नरहेको विश्वास दिलाँउदै लहान क्षेत्रमा बढेको लुटपाटको घट्ना नियणत्रण गर्न उपलब्ध श्रोत साधनको प्रयोग गरेर शान्ति सुरक्षा दिन प्रहरी सक्षम रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले लहानमा बढेको अपराधी घट्नाहरुलाई पूर्ण रुपमा नियणत्रणमा लिन प्रहरीले योजनावद्ध रुपमा लागि सकेकोले कुनैपनि अपराधी नउम्कने गरी प्रहरी प्रशासन प्रचालित भइरहेकोले ढुक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

lahanma surksha din police active news.photo 4
लहान नगरप्रमुख मुनि साहले सडकमा प्रहरी निस्केपछि अपराधीहरु डराउनुपर्ने,प्रहरी प्रशासनमा विचौलिया र अपराधीहरुको साँठगाँठ बढेकोले अपराधी घट्नाहरु घटिरहेकोले यसप्रति प्रहरी प्रशाुन सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै लहान नगरपालिकाको प्रहरी प्रशासनले समान्य नागरिकको पीडा समेत सुनेर काम गर्नुपर्ने आग्रह गर्नुभयो ।


उहाँले थप्नुभयो,‘लहानमा डिएसपी शरद थापाले अपनाएको शैलीले लहानमा अपराध घटेकै थियो। अपराधीको मनावल गिरेकै थियो । सडकमा प्रहरीलाई देखेपछि अपराधीहरु लुक्नुपर्नेमा झन् मनोवल बढनु चिन्ताको विषय भएको छ । लहानका प्रतिष्ठित व्यवसायीहरुलाई निरुत्साहित गर्ने गतिविधिहरु रोक्न प्रहरी प्रशासन सचेत हुन आवश्यक छ । शान्ति सुरक्षा खलबलिएमा ‘हाम्रो लहान, समृद्ध लहान’ हुन सक्दैन । तसर्थ शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन एकसनमा आउनै पर्छ ।’

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A