लाखौ रकम ठगी गर्ने राम शङकर यादवमाथि पीडितहरुद्वारा कारवाहीको माग

  • भदौ २७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


लहान–४ मा घर भएका राम शङकर यादवले लाखौ रकम ठगी गरेकोले रकम असूलीको लागि प्रहरी प्रशासनले नियणत्रणमा लिई कारवाही गर्नुपर्ने पीडितहरुले माग गरेका छन् ।लहान–२४ की ७० वर्षिय टुनटुन देवी साह हलुवाई,लहान–१० की मैनादेवी राम,लहान–२३ का अमिरका गिरी नर्घो सप्तरीकी ललिता देवी साह, लहान –१९ का मो नाजिर राइनले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।


विधवा वृद्ध भत्ता सहित जम्मा गरेकी दुइ लाख पाँच हजार पटक –पटक गरी ट्याक्टर निकाली दिइने आश्वासन दिएर ठगी गरेको रुदै टुनटुन देवीले पीडा पोख्नुभयो । छोरा राजलाल यादवसँग चिनजान भएपछि घरायसी सम्बन्ध बनाएर सुरुमा आफ्नो छोराभन्दा पनि बढी माया देखाएर सो रकम लिएर ट्याक्टर निकाली दिने कुरा त पर जाओस मैले पैसा नलिएको भनेपछि चारैतिर हारगुहारमा लागेको भन्दै ठगी गर्ने यादवलाई प्रहरी प्रशासनले रकम असुली गराइ दिन पत्रकारहरुले लेखेरपहल गरि दिन आग्रह गर्नुभयो ।


छोरीको खुट्टा भाँचिएपछि नातेदार राजलाल साहसँग मेरो घरमै पुगेर दुई पटक चालिस र साठी हजार रकम लिएर डिएकसन कम्पनिको औषधी दिएर ठगी गरेको ललिता देवी साहले बताउनुभयो । उहाँको अनुसार छोरीको भाँचेको खुट्टानिको नभएपछि अठाईलाख धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचार गराएपछि निको भयो । मसँग ठगी गरेको रकम असुल उपरको लागि पहल गरिदिन सरोकारवाला निकायहरुसँग उहाँले आग्रह गर्नुभयो ।


ल्हान–२३ का अमिरका गिरीको पीडा पनि कम छैन । उहाँ भन्नुहुन्छ,पत्नी उर्मिला देवी गिरीको भरतपुरमा क्यान्सर भैसकेको भनेपछि राम शङकर यादव मैले निको गरी दिइने र यसको लागि दुईलाख साठी हजार रकम दिए । १९ दिनसम्म उहाँकै घरमा बसेर उपचार गराए । डिएक्सन कम्पनिको औषधी दिएर दुइलाख साठी हजार लिइसक्यो । विरामीमा कुनै सुधार भएको छैन । विरामी पनि निको भएन । ऋण लिए बुझाएको रकमको ब्याजले उठिबासको अवस्था बनाइ दिएको गिरीले दुखेसो पोख्नुभयो ।

thagi samachar newsphoto 2
लहान–१० की मैनादेवी आसु झार्दै आफूपनि राम शङकर यादवबाट ठगीमा परेको पीडा सुनाउदै भन्नुभयो, जग्गा विवादमा एक जनाले तेह्रलाख रकम बेइमानी गरी सकेको अवस्थामा चारैतिर न्यायको लागि भौतारी रहेको वेला राम शङकर यादले चार लाख खर्च गरेपछि पैसा असुल गरी दिइने विश्वास दिलँउदै एकलाख विस हजार रकम ठगी लिइसक्यो । वेइमानी भएको रकम पनि असुल उपर भएन । रामशङकरले एकलाख विस हजार ठगी सक्यो ।


लहान–१९ का मो नाजिरले कारोना सङक्रमण बढेको वेला ज्वरोले सिकिस्त भएको राम शङकर यादवलाई जोखिम उठाएर बाहिरबाट औषधी समेत ल्याई उपचार गरेको ३८ हजार रकम नदिएको भन्दै रकम असुलीको लागि प्रहरी प्रशासनले पहल गरि दिउन भने उद्येश्यले पत्रकार सम्मेलन गर्नु परेको पीडा पोख्नुभयो ।


पत्रकार सम्म्ेलनमा पीडितहरुको पीडा सुनेपछि राम शङकर यादवसँग जिज्ञासा राख्दा उहाँले कसैसँग ठगी नगरी डिएक्सन कम्पनिको उत्पादन औषधी नेटमा तोकिएको अनुसार औषधी औषधीको रकम लिएकोले कुनै ठगी नगरेको बताउनुभयो ।
कल्याणपुर नगरपालिका –६ बेलहा पुरानो घर भएको यादव दस वर्ष सशस्त्र प्रहरीमा काम गरिसकेको र कुस्ती खेलाडी पनि हुनुहुन्छ । पीडितहरुले पोखेको पीडाअनुसार यादवको बारेमा प्रहरी अनुसन्धान आवश्यक देखिएको छ ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A