कृषि बमिाको लागि लहान नग्पालिकाले बिमित रकम तिर्न तयार : नगरप्रमख साह

  • भदौ ३०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाले कृषकहरुको मनोवल उठाउन कृषि बीमा गर्नको लागि लाग्ने बिमित रकम तीर्न तयार रहेको बताउनु भएको छ । लहानमा बीमा समितिद्वारा आयोजित स्थानीय तथा सरोकारवालाहरुसँग बीमा सम्बनधी जनचेतनामुलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो ।


‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई सफल बनाउन ग्रामीण भेगका किसानहरुको आर्थिक समृद्धिको लागि लहान नगरपालिकाले कृषि र पशु शाखालाई परिचालन गरेर विविध ज्ञान सीप र उत्पादन बढाउने कार्यक्रमहरु अघि बढिरहेको उहाँले बताउनुभयो ।


प्रमुख साहले थप्नुभयो,‘कृषि बीमालाई बढावा दिइने नगरपालिकाको सोचलाई व्यवहारमा उतार्न कृषि बीमालाई अगाडि बढाउन चाहन्छौ । यसको लागि लाग्ने चा् पाँच करोड बजेट विनियोजन गरेर भएपनि कृषि बीमालाई अघि बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउन खोजेका छौ ।’

बीमा समितिसँग पटक–पटक समन्वय गर्न खोज्दा बल्ल बीमा समितिले नग्रपालिकामा कार्यक्रम लिएर नै आँउदा खुसी भएको नगरप्रमुख साहले भन्दै बीमा समितिको तर्फबाट लहान नगरपालिका परिसरमा एउटा काँउन्टर नै सञ्चालन गरि दिए रामो हुने धारणा राख्नुभयो ।


लहान नगरपालिकाले मजदुरहरुको बीमा कार्यक्रा अघि बढाएर राम्रो कामको सुरुवात गरि सकेकोले किसानको हकहीतको लागि समेत बीमा गर्न तयार रहेको नगरउपप्रमुख सरियार चौधरीले बताउनुभयो ।


कार्यक्रममा बमिा समितिका प्रदेश २ का अध्यक्ष अर्जून पौडेलले प्रदेश २ मा रहेको जन घनत्व अनुसार बीमा गर्नेहरुको संखया नयून रहेकोले बीमा सम्बन्धी जनचेतना र विविध कार्यक्रमहरुमा स्थानीय सरकारले सहयोग गर्ने सकारात्मक अनुभव प्राप्त भएको स्पष्ट गर्नुभयो ।


उद्योग वाणिज्य संघ लहान सिरहा लहानका अध्यक्ष अशोकलाल आमात्यले बीमा कम्पनिहरुले सामाजिक सुरक्षा तर्फ गर्नुपर्ने लगानी कार्यक्षेत्रमा नगरेर काठमाण्डौमा मात्रै गर्ने परिपाटीको अन्तय हुानुपर्ने सुझाव दिनुभयो ।


लहान नगरपालिकाको २४ वटै वडाध्यक्षहरुको तर्फबाट लहान नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ११ का वडाध्यक्ष राज कुमार साहले बीमा कम्पनिहरुबाट सृजित समस्याहरु पनि देखिन आएकोले समस्या समाधानको लागि समतिले सचेत हुनुपर्ने तर्क गर्नुभयो ।


बीमा कार्यक्रमलाई शहरमा मात्रै केन्द्रित नगरी ग्रामीण भेगमा पनि यसको सेवा विस्तार गर्नुपर्ने पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज कुमार बनैताले जोड दिनुभयो ।


बीमा समतिका अध्यक्ष दिनेशलाल कर्णले आएको सुझावहरुलाई ग्रहण गरी लहान नगरपालिकाले देखाएको उत्सुकताबाट उत्साहित भएको बताउनुभयो । उहाँले बीमाको प्रकार महत्वबारे जानकारी दिँदै नेपालमा २७ प्रतिशतले बीमा गरेकोमा प्रदेश २ मा १० प्रतिशत मात्रै देखिएकोले यसलाई बढाउन स्थानीयतहसँग सम्नवय गरी अघि बढने बताउनुभयो ।

 

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A