न छोरा स्वस्थ्य भयो,न ज्यानलिन प्रयास गर्नेहरु पक्राउ परयो : रामनारायण ठाकुर

  • आश्विन ५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लक्ष्मीपुरपतारी सितापपुरका रामनारायण ठाकुर (बढही) ले छोरा जितेन्द्र ठाकुर न स्वास्थ्य हुन सकेको न बासको लठीले टाउको प्रहार गर्ने सियाराम यादव र प्रहार गर्न आदेश दिने लक्ष्मी यादव पक्रउ परेको पीडा पोख्नु भएको छ ।

असार २२ गते विहान –२५ वर्षिय छोरा जितेन्द्र खेतबाट आइरहेको विहान ७ बजे लक्ष्मी यादवले निर्देशन दिएपछि सियाराम यादवले टाउको प्रहार गरेपछि अचेत भएर लडेको थियो । अचेत अवस्थामा रहेको छोरालाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद अस्पताल लगेपछि टाउकोमा अत्यधिक चोट लागेकोले यहा उपचार संभव नहुने अवस्थामा विराट नगर स्थित न्युरो अस्पतालमा भर्ना गराएको राम नारायण ठाकुरले भन्दै टाउको दुई पटक शल्यक्रिया गर्दा लगभग १५ लाख सम्म खर्च भैसकेको बताउनुभयो ।

jitendra thakur news.photo 3

‘तीन महिना भैसक्यो जितेन्द्र न बोल्न सकेको छ, न हिँड्न सकेको छ । अझै एक वर्ष उपचार गराउनुपर्ने चिकित्सकको सल्लाह छ तर छोरालाई यस्तो अवस्थामा पुरयाउने सियारराम यादव र लक्ष्मी यादव पक्रउा पर्न सकेको छैन ।’ ,उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारबाट आएको जितेन्द्र भर्खरको सुन्दर स्वस्थ्य युवकको अहिलेको अवस्था हेर्दा सबैको आँखा आसुले रसाउने गरेको स्थानीय सुनिल साहले भन्दै अल्पसंख्यक जातिको रुपमा रहेको दुई घर बढहीमाथि भएको यस घट्नाले पुरै सितापुरका गाँउवासीलाई दुखित बनाएको बताउनुभयो ।

जितेन्द्रका काका जिवछ ठाकुर भन्नुहुन्छ,जितेन्द्रको आमा अमृता देवी शर्मा बाटो निर्माणको लागि गठित उपभोक्ता समितिका कोषध्यक्ष हुँदा लक्ष्मी यादव त्यस समितिका अध्यक्ष हुनुहुन्थ्यो । चेकमा हस्ताक्षर गर्न भन्दा अमृताले हरहिसाव गरेपछि मात्रै चेकाम हस्ताक्षर गर्ने अडान लिने रिसइवी र सियाराम यादव र भाइ राम नारायण ठाकुरको खेत सीमाना जोडिएर रहेकोले आउने जाने विषयमा भइरहने विवादको विषयमा दुई घर बढहीले यत्रो आडान राख्ने भन्दै आइरहेका सियाराम र लक्ष्मीले योजना बनाएर ज्यान नै लिने उद्येश्यले घट्ना घटाएको छ ।

jitendra thakur news.photo 2

‘राम नारायण ठाकुरले काठको काम गरेर र छोराहरु वैदेशिक रोजगारमा गएर कमाएपछि आर्थिक रुपमा सम्पन्न हुन थालेको अवस्था देख्न नसकेर लक्ष्मी यादव र सियाराम यादवले यस्तो घट्ना घटाइनुले अल्प संख्यक जातिको लागि समाजमा बस्न समस्या भएकोले कानुनी कारवाही र उपचारमा लाग्ने खर्च असुल उपर गराउन प्रहरीले दुबैजनालाई पक्राउ गर्न चासो लिनुपर्ने हाम्रो सामुहिक माग ,अर्का स्थानीय अजय यादवले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालका अनुसार सियाराम यादव र लक्ष्मी यादवमाथि मुद्दा दार्ता भैसककेको छ । दुबैजना फरार रहेकोले पक्राउको लागि प्रहरीले सक्रियतापूर्वक खोजि गरिरहेको छ ।



लोकतन्त्रमा लोकको कल ...

धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका ...

कतारका अमिरको स्वागत ...

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थ ...

औषधिमा प्रयोग हुने क ...

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प ...

कतारी अमिरको नेपाल भ ...

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A