पक्राउ परेकाहरुलाई रिहाइ गरियोस : लहान नगरपालिका

  • आश्विन १५, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,
लहान । गएको मङगलबार नयाँ बजार निर्माणको लागि जीर्ण भवन भत्काउने क्रममा नगर प्रहरी र सरोकार नै नभएको केहि व्यक्तिहरुले अवरोध गरेपछि नगरप्रहरीसँग भएको झडपमा चोटपटक लागेको व्यक्तिहरुले राजनीतिक इसारामा सत्ताको दबाब र प्रभावमा लहान–५ युवा व्यापारी र कर्मचारीलाई समेतगरी ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी चलाएको झुठा मुद्दा खारेज गरी अबिलम्ब रिहाइको लागि लहान नगरपालिकाले माग गरेको छ ।

लहान नगरपालिकाले शुक्रबार नगरसभामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । नयाँ बजार निर्माणको लागि प्रहरी प्रशासन र चार दलको् बीचमा विभिन्न मितिमा भएको सहमति अनुसार बजार निर्माणको लागि भएको सहमति अनुसार मङगलबार असोज १२ गते विहान ८ बजेको समयमा अस्थायी टहरा निर्माण र पुरानो जीर्ण भवन भत्काउने कार्य अघि बढाँउदा सरोकार नै नभएको लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्माले भवन किन खाली गर्ने भन्दै व्यापारीहरुलाई उक्साई नगरप्रहरीमाथि ढुङगा इटा प्रहार गराउन खोज्ने क्रममा नगरप्रहरीले दुबैजनालाई नियणत्रणमा लिने क्रममा चोटपटक लागेको लहन नगरपालिका प्रवक्ता राज कुमार साहले जानकारी दिनुभयो ।

मङगलबार रातीदेखि अहिलेसम्म व्यापारी लहान–५ का क्रमशः सन्जय साह (जसको पसल समेत भत्काएको थियो), अस्थायी निर्माण समितिका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका इसराइल सिद्दिकी, सन्तोष पण्डित, राजा मेस्तर (नगरपालिका कर्मचारी), लक्ष्मी पासवान जितमहान मेला उत्सव समितिका अध्यक्ष र दोस मोहम्मद गरी ६ जनालाई पक्राउ गरी विभिन्न मुद्दा लगाउने र धरपक्कड जारी रहेको प्रहरी प्रशासनको यस कार्यको भर्तसना समेत गरेको पत्रकार सम्मेलनमा जारी प्रस विज्ञप्तीमा उल्लेख रहेको छ ।

भवन भत्काउने समयमा इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहाल, सशस्त्र वेस क्याम्प लहानका नायव उपरीक्षक सुशील कुमार श्रेष्ठको समेत उपस्थित हुँदा हुँदै झडप हुने समयमा मुखदर्शक हुनु पछि केहि राजनीतिक दलको दबाब र प्रभावमा नयाँ बजार निर्माण नहोस भने उद्येश्यले प्ररित भई पक्राउ गरी झुठा मुद्दा लाउनुले प्रहरी प्रशासनको नीयतमा खोट रहेको नगरप्रवक्ता साहले बताउनुभयो ।

naya bajar news.photo 2
नयाँ बजारलाई व्यवस्थित र आधुनिकीकरणको लागि १४० वटा भवन, भुइमा पेभिङग, थोक आधुनिक कृषिभवन, खानेपनी, शौचालय र २४ घण्टा नै विजुली रहने निर्माण कार्यलाई अवरुद्ध नगरी निर्माण कार्यलाई अघि बढाउन सबैसँग आग्रह गरिएको कुरा पनि विज्ञप्तीमा उल्लेख रहेको छ ।

भवन निर्माणको लागि पटक पटक वाधा अबरोध खडा हुँदा शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सिरहा जिल्ला प्रशासन कार्यालयमा लहान नगरपालिकाले पत्राचार गरेको थियो । गएको श्रावण ११ र ३१ गतेबसेको प्रहरी प्रशासन र चार दलीय बैठकबाट नयाँ बजार निकर्माणको लागि सहमति भएपछि सहमति अनुसार कार्य अघि बढाँउदा पनि समस्या सृजना हुनुले विकास निर्माणको कार्यमा बाधा खाडा गर्ने नियत प्रष्ट भएको लहान नगरपालिकाले जारी प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

naya bajar news.photo 3
नेकपा एमाले लहान नगरकमिटि र सिरहा–१ क्षेत्रीय कमिटिका क्रमशः चन्द्र नारायण चौधरी र विष्णुलाल साहद्वारा हस्ताक्षरित जारी गरिएको प्रेस वित्रप्तीमा प्रहरी प्रशासनको आडमा घट्नामा संलग्न नै नरहेका एमाले समर्थक युवा व्यापारी र नगरपालिकाको कर्मचारीलाई पक्राउ गरी चलाएको मुद्दा फिर्ता लिई पक्राउ परेका ६ जनालाई रिहाइ गर्न माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका नायव निरिक्षक डा तपन दाहालका अनुसार भवन तत्काल नभत्काई प्रहरीले नै भत्काउने भनेपनि नगरपालिकाले नमानी भत्काउन थाल्दा लठी लिएर आएका नगरप्रहरी वाहेकका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएकोले भिडियो प्रमाणको रुपमा रहेकोले मुद्दा चलाएको जानकारी दिनुभयो ।

मङगलबार भएको घट्नामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरी घटनामा संलग्नहरुमाथि कानुनी कार्वाही गर्न नेपाली काँग्रस लहान नगर समतिका सभापति सुनिल कुमार महतो र नेकपा एकिकृत समाजवादी लहानका अध्यक्ष विनोद कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।

मङगलबार भएको घट्नाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाही पनि गरियोस र निर्दोष नसमातियोस भन्दै नगरपालिकाले अघि नयाँ बजार निर्माणको कार्य नरोकियोस भने उद्येश्यको लागि सहमति सहकार्यको लागि वार्ता पनि होस भने स्थानीयहरुको माग रहेको छ ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A