जीर्ण भवन भत्काउँदै टहरा निर्माण गर्दै नयाँ बजार निर्माण कार्य सुरु

  • आश्विन २६, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,
लहान, असोज २६ गते । टेण्डर भएको विगत पाँच महिनादेखि लहान–५ स्थित रहेको नयाँ बजार निर्माण कार्यले पछिल्लो दलीय सहमति अनुसार निर्माण कार्यले गति लिएको छ । असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहामका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सहमति गरेपछि लहान नगरपालिकाले कार्य सुरु गरेको हो ।

असोज १२ गते नगरपालिका र चार दलीय सहमतिकै आधारमा अस्थायी टहरा निर्माण र पुरानो १० वटा जीर्ण भवन खाली गराउने क्रममा नगरप्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो । झडपमा लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्मा घाइते भएको थियो । ईलाका प्रहरी कार्यालय लहानले लहान–५ का अस्थायी टहरा निर्माण समितिका अध्यक्ष मो इसराइल सिद्दिकी सहित लक्ष्मी पासवान, सन्तोष पण्डित र सन्जय साहलाई पक्राउ गरेको थियो ।

naya bazar  news  photo 2
लहान नगरपालिका र नेकपा एमाले पाँचै जना स्थानीय युवाहरुलाई रिहाइको लागि विज्ञप्ती जारी गरी लहानमा विरोध प्रदर्शन गरेको थियो भने नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीले पक्राउ परेकाहरुलाई कारवाही हुनुपर्ने माग गर्दै विज्ञप्ती प्रकाशित गरेर प्रदर्शन गरेको थियो ।

naya bazar  news photo 3
असोज २४ गते जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रसदपराज कडेलको अध्यक्षतामा लहान नगरपालिका र चार दलबीच फेरि नयाँ सहमति भएपछि पक्राउ परेका ५ जना लाई रिहाइ गरी बजार निर्माण कार्य सुरु भएको हो । क्रमशः १० वटा जीर्ण भवन भत्काउदै जाने र १० वटा अस्थायी टहरा निर्माण गर्दै भएको सहमति अनुसार निर्माण कार्य सुरु भएको लहान नगरपालिका प्रमुख मुनि साहले बताउनुभयो ।


उहाँको अनुसार नयाँ १३ करोडमो लागतमा निर्माण हुने नयाँ बजार प्रदेश २ कै नमूना बजार हुनेछ । यस निर्माण कार्यको लागि भएको अन्तिम सहमति अनुसार निर्माण कार्यको लागि नेपाली काँग्रेसको तर्फबाट लहान नगरसभापति सुनिल कुमार महतो, नेकपा माओवादीका विजय गुप्ता, जनता समाजवादीको तर्फबाट बैजनाथ साह र नेकपा एमालेको तर्फबाट विष्णुलाल साहले सहमतिमा हस्ताक्षर गरेका थिए ।

naya bazar  news  photo 4
नेकपा एमाले जिल्ला कमिटिले पक्राउ परेका निर्दोष कार्यकर्ताहरुलाई रिहाइ नगरी र नयाँ बजार निर्माण कार्य सुचारु नगरे आन्दोलन गर्ने ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेललाई बुझाएपछि सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी बताउनुभयो ।

 

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A