यस वर्षपनि वास्तविक मूल्यभन्दा बढीमा बोका खरीद गर्नुपर्ने बाध्यता

  • आश्विन २६, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,सोमबार लहानको हटियामा दशैंमा बली चढाउन बोका खरीद गर्न आएका उपभोक्ताहरु बेकाको तौल अनुसार हुने मूल्यभन्दा बढी मूल्य तिरेर खरीद गर्नु परेको बाध्यता पोखेका छन् ।

५ हजारमा पाउने बोका ८ हजारमा ७ हजारमा पाउने १० हजार तिरेर खरिद गर्नुपर्ने बाध्यता यस वर्ष महसुस भएको बोका खरिद गर्न आएका उपभोक्ताहरुले गुनासो पोखेका हुन् ।

तौल अनुसारको मूल्य निर्धारण नगरिएकोले महँगोमा खसी बोका खरिद गर्नु परेको लहान–२ की मन्दिरा यादवले भन्दै दशैको बेला खसी बोका बजारको अनुगमन र मूल्य निर्धारणको लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा त्यसो नहुनुले उपभोक्ताहरु मनपरी मूल्य तिरेर बोका खरीद गर्नुपरेको बताउनुभयो ।

मन्दिरा यादव जस्तै खसी बोका खरिद गर्न आएका उपभोक्ताहरुले गुनासो गरेपनि सम्बन्धित निकायहरु वेखवर हुनु र बजार अनुगमन हाँतीको दाँत जस्तै भएकोले उपभोक्ताहरु मरमा यसवर्षपनि परेको लहान–८ का राजदेव यादवले बताउनुभयो ।

५ हजार मूल्यको बोकाको १० हजार भनेपछि बार्गेनिङग गरेपछि सात आठ हजार तिरेर किन्नुपर्ने यस्तो समस्या अर्को वर्ष नहोस् सम्बन्धित निकायहरुले खसी बोकाको उचित मूल्य तोक्ने कार्यहोस भने माग पनि गरेका छन् ।

यता लहान नगरपालिकाका पशु शाखाका संयोजक लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले यस वर्ष खसी बोकाको अकाशिएको मूल्यले किसानभन्दा पनि व्यापारीहरुले अनावश्यक नाफा लिएकोले सरोकारवाला निकायहरुसँग छलफल गरेर आउने दिनमा यस्ता समस्या आउन नदिन पहल लिइने विश्वास दिलाउनुभयो ।


निरन्तर बजार अनुगमन नहुँदा तरकारी, खसीबोका लगायत अन्य खाद्य सामग्रीहरुको वास्तविक मूल्यमा उपलब्ध नहुनुको साथसाथै स्वास्थ्यको लागि समेत हानी पुरयाउने खाद्य वस्तु उपभोक्ताले चाडपर्वको वेला खरीद गर्नुपर्ने बाध्यता रहिरहेको उपभोक्ता महसंघ सिरहाका अध्यक्ष तथा प्रदेश–२ नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामानन्द गुप्ताले स्वीकार्नुभयो ।


खसी बोका वजारमा भइरहेको मनपरी मूल्य निधारण गर्न आजसम्म कुनै प्रयास नभएकोले आउने दिनमा यसबारे सम्बन्धित पक्षलाई घचघचाउने कार्य महासंघले गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A