समावेशी पर्व छठप्रति राज्यको उदासीनता

  • कार्तिक २४, २०७८
  • समृद्धिपथ
alt

— सन्तोष मेहता,

छठ पर्व नेपालको दक्षिणी र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूणर् लोक पर्व हो । यो पर्वमा छठी माइको आराधना गरी पुत्र, पति र परिवारको कल्याणको र आरोग्यको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई/मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरूषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूणर् शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी हुन्छ र यो पर्व विधिवत मनाउँछ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । अरूवा, सुथनी, बेसार, भन्टा, नेवो, नारियल, ऊखू, तरकारी जस्ता कृषि उत्पादन नैवेद्यको रूपमा चढाउने गरिन्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ । छठ पर्व मनाउनुको पछाडी अनेक लोक एव देब कथाहरू प्रचलित नभएको होइन तर यो आलेखमा छठ पर्वको अलिक फरक पाटोबाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।

हिन्दु धर्ममा कुनै न कुनै प्रतिमा स्वरूपको आराधना गर्ने प्रचलन हुदा आजकल कहिँ कतै छठी माइ भन्दै दुर्गा देवीझैँ स्त्री स्वरूपको देबीको कल्पना गरि मुर्ति बनाउने चलन छ भने कहिँ गंगा देवीको प्रतिमा त कहिँ सुर्य देवको स्वरूप बनाई पुजा अर्चना गर्ने चलन छ वास्तवमा छठ पर्वमा कुन प्रतिमाको पुजा गर्ने त्यसमा एकरूपता भन्ने छैन । त्यसैगरी छठ पर्वको केहि बिषयहरू अत्यन्त उल्लेखनीय छ जस्तै पन्चतत्व सूर्य, जलासय, स्थल/पृथ्वी, अग्नि, वायुको एकसाथ उपासना गर्नु, अरू पुजा वा अनुस्ठानमा पुरोहितको आवश्यकता भए झैँ छठमा पुरोहित वा कर्मकाण्ड नहुनु, स्थानीय समाज/वणर्/जातिहरूद्वारा उत्पादित बस्तु, कृषकद्वारा उत्पादित सात्विक अन्न, कन्दमुल फलफुल आदिको प्रयोग हुनु, पकवान एव मिठाईमा पनि अरू पूजाआजामा प्रयोग हुने आधुनिक मिठाई होइन ठेकुवा, भुसवा जस्ता लोक पाकवान एव मिठाईको प्रयोग आदिले हामि भन्न सक्छौ कि यो पर्व सभ्यता पुर्व कै पर्व हो ।

मानिस जब ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गर्दै थियो सम्भवत त्यस बेला मानिस या त प्रकृतिको पुजा गर्थे या त आफूलाई हराउनेलाइ देवत्वको स्वरूप दिन बाद्य हुन्थे । हो यहि युगमा जब समाज थोरै संगठित हुन् थालेको हुनुपर्दछ, मानिसहरूलाई बाँच्नको निम्ति आवश्यक अन्नापात उब्जनीको निम्ति आवस्यक पन्चतत्वलाई धन्यवाद दिनको निम्ति एकसाथ दिन-रात, सुर्य-चन्द्र, अग्नि, पृथ्वी, वायु र जलको समागम भएको बखत आफुले उब्जाएको अन्नबाली अखण्डितरूपमै पुजा सामग्रीको रूपमा प्रयोग गरि पुजाको लोक परम्परा अगाडी बढेको हुनुपर्दछ । गवडी धान (साठी) सुथनी, अदुवा, बोडी हल्दी, केराको थम्बा, गहुँ, उखु, मुला, गाजर, अन्य कन्दमुल बोटसहित तथा केरा, सखर(मिठ्ठा), कागती, सुन्तला, नरिवल, बोगटी लगायतका फलफुल खण्डित नगरिकन पुजा सामग्रीको रूपमा प्रायोग गरिन्छ । भुसुवा जस्तो मिठाई काचो अन्नबाट तयार पारिन्छ भने आवस्यक हुने कोनिया, दाउरा, सुप काचो बासबाट स्थानीय डुम जातिका श्रमिकहरू द्वारा तयार परिन्छ । धागो बधि जस्ता सामग्री पनि स्थानीय समाजमै खासगरी माली जातिका श्रमिक अथवा लहेरी जातिका मुस्लिमहरूद्वारा तयार पारिएको हुन्छ । माटाका भाडाकुडा स्थानीय कुम्हाल जातिकाले तयार पार्छन अर्थात् वणर् ब्यबस्था अन्तर्गत रहेको समाजको कथित तल्लो बणर्को प्रत्यक्ष सहभागितामा यो महापर्वको अनुष्ठान हुन्छ । सायद समाजमा बणर् ब्यबस्था प्राम्भिक अवस्थामै रहेको बखत यो पर्व ब्यापकता पाई सकेको हुनु पर्दछ । तसर्थ लोकपूजा छठी-व्रत आदिपूजा हो र सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाध-पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ । प्रकृति बिना जीव सम्भव छैन, प्रकृतिको महत्व, प्रकृति प्रतिको आस्था र सरक्षण यहासम्म कि कुनै पनि जीव हत्या निषेध गर्न छठ पर्व सिकाउछ । मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ ।

अर्को महत्वपूणर् प्रश्न के हो भने, आखिर मधेश, बिहार या आसपासको क्षेत्रमै छठ किन ? र यो पर्वको सर्वव्यापकता को राज के हो ? के छठ पुजा भनेको सुर्यको उपासना हो त ? यो प्रस्नको उत्तर खोज्दा हामी के पाउछौ भने आर्यावर्तको इतिहासमा शैव, वैष्णव, शाक्त, गाणपात्य एव सौर्या सम्प्रदायका मानिसहरू पाउछौ । पछि तिनीहरूलाई नै हिन्दु भनिएको हो । साम्ब पुराण अनुसार यी उल्लेखित पाँच सम्प्रदायमध्ये सौर्य सम्प्रदाय प्राचिन र पहिलो हो । हालको इरानबाट आएको शाकलद्वीपी ब्राह्मण बिहारको मगध र भोजपुर इलाकामा र केही मात्रामा पूर्वी उत्तर प्रदेश र नेपालको तराई मधेशमा यिनीहरूको बसोबास रहेको छ । यिनीहरू सुर्यका उपासक थिए, सौर्य सम्प्रदायका थिए । पछि पटना राजधानी भएको मगध साम्राज्यको राजाहरू पनि सौर्य सम्प्रदायका नै थिए । यहिनिर उल्लेख गर्नुपर्ने अर्को महत्वपूणर् बिषय के हो भने सुर्यको आराधना बौद्ध धर्म संग पनि संबंधित छ । सूर्य, बौद्ध र हिंदू परंपराहरूमा पनि पाउछ त्यसैले मगध साम्राज्य भित्र या भनौ बारह जनपद रहेको मधेश गणराज्य भित्र असख्य सुर्य मन्दिरहरूको श्रीखला पाइन्छ । त्यसैले सुर्य उपासना संग सम्बन्धित पर्व छठ पर्व भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश र नेपालको मधेश क्षेत्रमा परम्परागत रहेको छ । अर्को महत्वपूणर् कुरा छठ पर्व भनेको केवल सुर्यको मात्र उपासना होइन त्यसो भएको भए कर्मकाण्डी विधिले पुरोहितद्वारा सूर्योपासना गरिन्थियो तर छठ त लोकाचारको रूपमा मनाईने पर्व हो यस पर्वमा एकै साथ सुर्य-चन्द्रमा, आगो-पानी, पृथ्वी-वायुको आराधना एव उपासना गरिन्छ । त्यसैले कहिँ सुर्य देवताको त कहिँ गङ्गा मैया त कहिँ छठी मैयाको प्रतिमा बनाइ पुजा गरिएको हो । बास्तवमा छठ पुजा भनेको मुर्ति पुजा वा कुनै आकृतिको पुजा होइन सुर्य उर्जाको बिम्ब, जलको स्वछान्द्ताको लहर, प्राण-वायुको बेग, अग्नि देवताको तेज र धर्ति माताको ममताको एकसाथ पुजा, उपासना एव आराधना हो । छटी माइ भनेको पनी यी सम्पूणर् बिम्ब, लहर, बेग, तेज र ममताको समागम स्वरूप तथा प्रतिबिम्ब हो । सायद मुर्ति पुजा एव कर्म काण्ड नभएरै होला मुस्लिम लगायत हिन्दु बाहेकमा पनि साझा पर्वको रूपमा सर्वब्यपक्ता पाउदै गएको हो ।

प्राचिन मधेश/मगध क्षेत्रमा बाल-बालिका जन्मेको छठौं दिनमा प्रत्येक सुत्केरी आमाले अनिवार्य रूपमा छठियार पुज्ने गर्छिन् । लोक विश्वास छ कि छठिमैयाले बालकको भाग्य-भविष्य त्यसैदिन लेख्ने गर्छिन् । अर्को नवजात शिशु, शिशु अवस्थामा निदाएपछि, निन्द्रावस्थामा यिनै छठिमैयाको न्यानो काँखमा हुने गर्दछन् र यी मैयाले शिशुको माया-दुलार गरी हर्ष-आनन्द प्रदान गर्ने गर्छिन्, भन्ने मान्यता छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ । छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ ।

सूर्यलाई भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्प्रद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतिक मानिन्छ । सौर्य-शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ। जीवन, जगत, प्रकृति, वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । धर्ति हामी सबैको माता हो । ममता, सहनशीलता एव जीवनको प्रतिक हो । अग्नि उर्जाको स्रोत हो भने बायु प्राण हो । जल जीवन हो त्यसैले छठी माइको उपासना भनेको आदित्य, जीवन, उर्जा-शक्ति उत्पत्ति गर्ने आमाको रूपमा सम्पूणर् उपासना गर्नु हो । छठी माइ भनेको प्रकृति देबी हुन् छठ पर्व भनेको किसानहरूको पर्व हो । छठ पर्वमा पुजाको समाप्ति पछि घाटमा कतिपयले आचल थापेर प्रसादी माग्नेर भिख माग्ने भाकल गरेका हुन्छन । अरू बेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गकाहरू पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन् । यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ । सम्पूणर् परिवार या भनौ समाजका हरेक तप्का कुनै न कुनै रूपमा समिलित रहेको यो पर्वको रूपमा अन्त्यमा यति भन्न सकिन्छ कि छठ पर्व समाजिक समरसता र उदारता को ठुलो प्रतीक पर्व हो र शायद यहीं यसको लोकप्रियताको कारण पनी हो । बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति समाजलाई समेटन सफल समावेशी पर्व छठ प्रतिको आस्था अब पडाड र हिमाल उक्लेको छ । यस्तो साझा संस्कृतिको रूपमा ब्यापकता ग्रहण गर्दै गैरहेको छठ महापर्वको सरकारले रास्ट्र बिदा सम्म घोषणा गर्न नसक्नु भनेकै एकल जातीय नश्लवादतिर उन्मुख हुनु हो । मधेशको संस्कृति र समग्र नेपालको आस्थाको प्रतिक छठ महापर्व प्रति शासक उदासिन हुनुको एउटै अर्थ हो कि यो उनीहरूको पहिचानको संस्कृति होइन । जेहोस्, आगामी दिनमा मधेशको पहिचानको संस्कृतिलाई स्वीकार्ने क्षमताको विकास होस् । (मधेश दर्पण फिचर सेवा)

मधेसमा कमजोर छैन एमा ...

मधेसमा कमजोर छैन एमाले        &nbs ...

विकट गाउँ घुर्मीमा प ...

  जीवछ उदासी  लहान,साउन २४ गते ।  गोल ...

विकट गाउँ घुर्मीमा प ...

  जीवछ उदासी  लहान,साउन २४ गते ।  गोल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2022 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A