स्टल निर्माणको संकलित रकममा भ्रष्टाचार हुँदा व्यापारीहरु समस्यामा

  • मंसिर २३, २०७८
  • समृद्धिपथ

जिवछ उदासी 

लहान मंसिर २३ गते ।‌ लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ । 

स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो । 

दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दोलन गर्नु परेको छ । 

received_338001787680451 received_232216015702006

व्यवस्थापन समितिका सदस्य समेत रहनु भएको राजेश गुप्ता भन्नुहुन्छ,'शिक्षाको मन्दिर को रुपमा रहेको विद्यालयमा यसरी गरिएको भ्रष्टाचार अब सहय हुँदैन । यसको लागि विद्यालयका वर्तमान प्रधानाध्यापकले खोजबिन गरेर सकारात्मक पहल लिन जरुरी छ ।' 

८९ जना व्यापारीसँग रकम संकलन गर्नुभएको तत्कालिन प्रअ प्रमेश्वर राय अवकाश भैसक्नु भएको अवस्था छ । समस्याको समाधान र व्यापारीहरुलाई न्याय दिलाउन सरोकारवाला निकायहरुको ध्यान आकर्षण गराउन आन्दोलनमा उत्रिनु परेको पीडित व्यापारी सरिता महतोले दुखेसो पोख्नुभयो । 

received_338001787680451

विद्यालयको प्रधानाध्यापक प्रमेश्वर राय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीको पालामा रकम संकलन गरियो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगनलाल चौधरीको पालामा समस्या समाधान गर्न पहल गर्न प्रयास गरियो तर परिणामुखि भएन । वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र चौधरी र प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरीले समस्याको समाधान गरुन ध्यान आकर्षण गराउन आन्दोलन गर्न बाध्य हुनु परेको पीडित व्यापारीहरुले बताएका छन्  । 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A