ग्रामीण भेगका विद्यालयले प्रतियोगिता जितेपछि बधाइको सट्टा धम्की

  • पुष ५, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान,पुस ५ गते । लहान नगरपालिका प्यावसनले आयोजना गरेको हाजिरी जवाफ प्रतिया्ेगिता लहान–१८ बसाजोरीमा सञ्चालित शिव जानकी विद्याश्रामले जितेपछि बधाइको सट्टा धम्की आउन थालेको विद्यालयको सञ्चालक अशोक कुमार महतोले बताउनु भएको छ ।

गएको पुस २ गते लहान –४ पाराडाइज बोर्डिङग स्कूलमा नगरस्तरीय हाजिरी वजाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १३ वटा प्रश्नको सहि जवाफ दिएर लहान–१८ बसाजोरीका शिव जानकी विद्यालश्रमका विधार्थीहरुले प्रथम स्थान हासिल गरेर प्रतियोगिताको शिल्ड हात पारेको थियो । दिव्यज्योति बोर्डिङग स्कूलले ११ वटा प्रश्नको जवाफ दिएर दोस्रो र लहान–४ का पाराडाइज बोडिैङगस्कूलले ८ वटा प्रश्नको वजाफ दिएर तेस्रो स्थान हासिल गरेको थियो ।

लहान नगरपालिकाको शिक्षा शाखाका प्राविधिक अमिरि यादवको विशिष्ट आतिथ्य र प्यावसन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहको प्रमुख अतिथ्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रिन्ससिपल महतोको पीडा पोख्दै भन्नुभयो,‘मलाई फोन गरेर तेरो विद्यालय कसरी प्रथम भयो । प्यावसन लहानको बैठक बसेपछि १२ बजाई दिन्छौ भन्दै लहानका एक चर्चित विद्यालयका प्रिन्सिपलले धम्की दिएको छ । यसको रेकर्ड मोवाइलमा सुरक्षित राखेको छु ।’ग्रामीण भेगको विद्यालयले प्रतियोगिता जितेपछि ग्रामीण भेगका विद्यालयलाई यस्तो धम्की सहनु परेको विषयले आफू उत्साहित हुनु पर्नेमा चिन्तित भएको महतोले गुनासो पोख्नुभयो ।

प्यावसन आवद्ध २४ वटा विद्यालयहरु प्रतियोगितामा भाग लिएका थिए । विजेता समूहहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि साहले लोकसेवा आयोग तयारीको लागि हाजिरी जवाफ प्रतियोगिता उपयोगी हुने भएकोले प्यासन लहानले राम्रो अभ्यासको थालनी गरेको बताउनु भएको थियो ।

प्रतियोगितामा लहानका प्यारागन,एपोलोम,हिमालयन विद्याानिकेतन लयायतका नाम चलेका विद्यालयहरु समेत सहभागी रहेको थियो । कक्षा १ देखि ५ कक्षा सम्मका विधार्थीहरु भाग लिएका थिए ।

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A