गायक तथा संगीतकार बप्पी लाहिडीको निधन

  • फाल्गुन ४, २०७८
  • समृद्धिपथ
alt

काठमाडौं। चर्चित गायक तथा संगीतकार बप्पी लाहिडीको निधन भएको छ । ६९ वर्षीय बप्पीले मुम्बइको एक अस्पतालमा अन्तिम सास लिए । बप्पी अब्स्ट्रक्टिभ स्लिप एपनिया (ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट ग्रसित थिए । बप्पीलाई ओएसएको समस्या विगत एक वर्षदेखि थियो । डा. दीपक नामजोशीले उनको उपचार गरिरहेका थिए । बप्पी विगत २९ दिनदेखि मुम्बइबो जुहूस्थित क्रिटकेयर अस्पतालमा भर्ना थिए । निधनभन्दा १ दिन पहिले १५ फेब्रुअरीमा उनलाई ठिक भएपछि डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट विदा भएको एक दिनमै बप्पीको स्वास्थ्य बिग्रियो । उनलाई गम्भीर अवस्थामा फेरि क्रिटकेयर अस्पतालमा लगियो । गएराती करिब पौने १२ बजे बप्पीको निधन भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बप्पीलाई ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले लेखेका छन् ‘श्री बप्पी लाहिडी जीको संगीत सर्वागिण थियो । विभिन्न भावनाहरुलाई व्यक्त गर्ने किसिमको थियो । कैयौं पिढीका मानिसहरु उहाँको संगीतमा आफू जोडिएको महसुस गर्छन् । उहाँको हँसिलो स्वभाव सबैलाई याद रहनेछ । उहाँको निधनबाट दुखी छु । उहाँका परिवार र प्रशंशकप्रति समवेदना । ओम शान्ति ।

बप्पी लाहिडीको वास्तविक नाम आलोकेश लाहिडी हो । उनले ७०-८० को दशकमा बलिउडमा एकसे एक आइकोनिक गीत दिएका छन् । मिथुन चक्रवर्तीको चर्चित गीत ‘आइ एम अ डिस्को डान्सर’जस्तो चर्चित गीत बनाएका बप्पीलाई त्यसपछि डिस्को किंग भन्न थालिएको थियो । बप्पीले १९७३ मा नन्हा शिकारी फिल्ममा आफ्नो पहिलो म्युजिक स्कोर दिएका थिए । उनको पछिल्लो गीत २०२० मा बागी ३ फिल्ममा थियो ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A