जीवछ उदासी
लहान,चैत ६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाको दोस्रो अधिवेशनबाट जीवछ यादबको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन भएको छ ।
निर्वाचन समितिको संयोजक श्री बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवका अनुसार अधिवेशनको वन्द सत्रबाट सगरमाथा माविका शिक्षक जीवछ यादव अध्यक्ष,काहा आविका राम नारायण साह उपाध्यक्ष,सरस्वती आवि लहान-१३ की बिना बस्नेत महिला उपाध्यक्ष,लेखनाथ मावि लहान-२४ का प्रअ राम बिलेक्षण सिंह सचिव ,राजाजी मावि का प्रअ इन्द्रदेव चौधरी कोषाध्यक्ष, आवि लहान गोठ -९ की रेखा चौधरी सह सचिव र लक्षमण ललिता कुशवाहा मावि रघुनाथपुर -३ की सुजिता कुमारी महतो सह कोषाध्यक्षमा सर्वसम्मति रुपमा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा जितेन्द्र कुमार महतो,यदुमाता त्रिताल,घुरन चौधरी,रञ्जना साह,बालेश्वर यादव,अशोक कुमार यादव,बसन्त चौधरी,लिलाकान्त चौधरी,महेन्द्र प्रसाद यादव र सन्तोष कुमार साह चयन भएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A