सामुदायिक विद्यालय सुधारउन्मुख : नगरप्रमुख साह

  • चैत्र १९, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान,चैत १९ गते । लहान नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको सामुदायिक विद्यालयहरु सुधारउन्मुख रहेको बताउनु भएको छ । लहान–३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर –३ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।


हाम्रो लहान ,समृद्ध लहानको उद्येश्य पुरा गर्न लहान नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार विकासको आधार भने नारा कार्यान्वयन गर्न नगरपालिकामा धार्मिक विद्यालय सहित रहेको ७० वटै सामुदयिक विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि विविध कार्यक्रम र योजनाहरु सफल भएको उहाँले बताउनुभयो ।

पुरानो शैक्षिक इतिहास बोकेको केहि विद्यालयहरुको अवस्था खस्किदानितको विषय बनेको थियो । स्थानीय सरकारले ती विद्यालयहरुको साँख उठाउन भौतिक र शैक्षिक सहयोग सुधारको योजना ल्याएपछि सुधार देखिएको नगरप्रमुख साहले बताउनुभयो ।

raghunathpur school news.photo 2
उहाँले भन्नुभयो,प्राथमिक विद्यालयबाट मावि सञ्चालन गर्न लक्ष्मणललिता कुशवाहा माध्यमिक विद्यालय स्थापनाको लागि दाताद्वय लक्ष्मण मेहता र ललिता देवी मेहताले दाता भएर गरेको योगदानको लहान नगरपालिकाले सदा सम्झिरहने छ । यस विद्यालयको विकासको लागि अभिभावक,व्यवस्थापन समिति र शिक्षक स्टाफले गरेको मेहनेत पनि प्रशंसनीय छ ।‘लहानको सामुदायिक विद्यालयहरुमा शौचालय खानेपानी र स्वच्छताको लागि विकन परियोजना, बाटरएड र दलित जनकल्याण युवा क्लवले दिएको योगदानलाई लहान नगरपालिकाले सम्मान गर्दछ’, नगरप्रमुख साहले भन्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पडरिया माविका प्रधानाध्यापक राम सेवका यादव ,लेखानाथ मावि लहान–२४ का प्रधानाध्यापक रामविलेक्षण सिंह,पशुपति माविका पूर्व पैधानाध्यापक विश्वनाथ महतो , सगरमाथा मावि ढोडना–१५ का विद्यालय व्वयस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरी, ललकु माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष फूलेश्वरमहतो, पत्रकार जिवछ उदासीले शुभकाना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

raghunathpur school news photo 3
कार्यक्रममा दाता परिवार र विभिन्न क्षेत्रका अगुवाहरुलाई प्रमुख अतिथि नगरप्रमुख साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहताले दोसल्ला गम्छा ओढाई सम्मान गर्नु भएको थियो ।

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A