लोड भएको पेस्तोलसहित दुई भारतीय समातिए

  • बैशाख २४, २०७९
  • समृद्धिपथ
alt

नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लगेर चेकजाँच गर्दा उक्त हातहतियार बरामद भएको सशस्त्रले जनाएको छ ।

बरामद हतियार र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई सशस्त्रले आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ पठाएको छ । -जन आस्था

'कृष्णाको हातमा चिया ...

जीवछ उदासी चैत १० गते लहान नगरपालिकाको मुख्य चोक तरका ...

माओवादी संगठन सुदृढी ...

जीवछ उदासी  लहान,चैत ९ गते । गाउँगाउँमा सुदृढीकर ...

'बाम एकताको लागि युव ...

जीवछ उदासी  दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्प ...

तीसवर्षपछि रामकृष्णल ...

जीवछ उदासीचैत ८ गते लहान स्थित जेएस मुरारका बहुमुखी क्य ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A