करार कर्मचारी हटाउँदै सिरहाका स्थानीय तह

  • असार ३२, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

सिरहा । सिरहा जिल्लाका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् ।

लहान नगरपालिकाले करार कर्मचारीलाई हटाएको सूचना जारी गरेको केही दिनपछि गोलबजार नगरपालिका, नरहा गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिकालगायतका पालिकाहरुले पनि सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म्याद थप नहुने जानकारी दिएको हो ।

लहान नगरपालिकाले एक सूचना जारी गरी असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न जानकारी गराएको छ । म्याद थप नभएका करारका कर्मचारीहरुले आफूसंग रहेको नगदि, जिन्सी र अन्य कागजात तथा विवरणहरु बुझाउन समेत जानकारी गराएको छ ।

त्यस्तै, गोलबजार नगरपालिकाले असार ३० गतेको नगर कार्यपालिकाको बैठकको निणर्य अनुसार करारका कर्मचारीहरुको म्याद थप नहुने जनाएको छ । सूचना प्रविधि अधिकृत, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कर्मचारीहरु, गरिवी निवारण, लघुउद्यम कार्यक्रम अन्तर्गतका कर्मचारीहरु, पञ्जीकरण शाखा अन्तर्गतका कर्मचारीहरु, स्वास्थ्यमा कार्यरत कर्मचारी, वडा कार्यालयका कार्यालय सहयोगी, नगरपालिकाको कार्यालयमा कार्यरत करार कर्मचारी, पालिकाको अनुदानबाट तलब लिने सबै तहका करार शिक्षक, कृषि शाखा तथा पशु सेवा शाखाका पालिका अनुदानका कर्मचारीसँग करार सम्झौता नगर्ने गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले जनाए ।

यता नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले प्रेसविज्ञप्ती जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुलाई निष्कासन गरेको निणर्य प्रति ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि कार्यरत योग्य तथा अनुभवि कर्मचारीहरुलाई कार्य सम्पादन मुल्यांकन नै नगरी निष्काशनको निणर्य गर्नु राजनीतिक पूर्वाग्रह र गलत मनसायले गरेको निणर्य प्रति भत्र्सना गर्दैै निणर्य सच्याउन अपिल समेत गरेका छन् ।

यस्तै, अर्नमा गाउँपालिकाले पनि करारमा लिइएका कर्मचारीसंग अब सम्झौता नगर्ने भन्दै सूचाना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहका अनुसार असार २९ गतेको निणर्यानुसार यस गाउँपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता भुक्तानी पाउने गरी करारमा कार्यरत विभिन्न इकाई, निकाय र शाखाका कर्मचारीलाई अर्को व्यवस्था नहुन्जेलका लागि भन्दै हटाइएको हो ।

गाउँपालिकाले करार कर्मचारीलाई सम्बन्धित शाखा तथा कार्यालयले हाजिर गराएमा सम्बन्धित व्यक्तिले दाबी गर्ने तलब, पारिश्रमिक तथा अन्य सुविधा हाजिर गराउने व्यक्ति नै जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।

यता धनगढीमाई नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको सेवा अवधिको म्याद कार्य सम्पादन मूल्यांकनको आधारमा गरिने भएको छ । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले यस नगरपालिकामा पुनः सेवा करारमा कार्य गर्न इच्छुक कर्मचारीहरुले आ व २०७८/०७९ को कार्यसम्पादन मूल्यांकन फाराम साथ निवेदन पेश गर्न सूचना प्रकाशन गरिएको जानकारी दिनुभयो ।

सिरहाका केही स्थानीय तहले गरेको यो निणर्यले स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने देखिन्छ । स्थानीय तहले भने व्ययभार बढेको भन्दै अब करार कर्मचारीलाई राख्न नसकिने बताएका छन् ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A