जनमत पार्टीद्वारा मधेशको कृषि मन्त्रालयमा तालाबन्दी

  • श्रावण ४, २०७९
  • समृद्धिपथ
alt

जनकपुरधाम, ४ साउन । जनमत पार्टीले मधेश प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेको छ ।किसान आन्दोलन पुनः सुरु गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बुधबार जनकपुरधामस्थित भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मूलगेटमा तालाबन्दी गरिदिएका हुन् ।

मधेशका कृषकहरू मलखादको अभावलगायत विभिन्न समस्याबाट पीडित बनेको भए पनि मधेश सरकारले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ । जनकपुरधाममा निस्किएको जुलुसले नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै मन्त्रालयमा पुगेर तालाबन्दी गरेको छ ।

त्यसक्रममा उनीहरूले कृषिमन्त्री विजयकुमार यादवको राजीनामासमेत माग गरेका थिए । 

यसअघि, प्रदर्शन गर्दै धनुषा जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई जनमत पार्टीको धनुषाका इन्चार्ज बीपी साहले ज्ञापनपत्र बुझाएका थिए । 

उनले नेपाल सरकारले मलखाद उपलब्ध गराउन नसकेको अवस्थामा भारतबाट मलखाद ल्याउँदा किसानलाई दुःख नदिन सीडीयो तथा सुरक्षा निकायका प्रमुखहरूसमक्ष आग्रह गरेका थिए ।

जनमत पार्टीले किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सन दिनुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, बालिनालीको स्वतः बिमा गर्नुपर्ने, किसानलाई निःशुल्क विजुली दिनुपर्ने र बाली नष्ट हुँदा राहत दिनुपर्ने, किसानमाथिको दमन बन्द गर्नुपर्नेलगायत माग राखेर पुन: आन्दोलन सुरु गरेको हो । 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A