करार कर्मचारी हटाउने निणर्य फिर्तालिन नेकपा एमाले लहानको चेतावनी

  • श्रावण ५, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमाले लहान नगर कमिटीले नगरपालिकामा कार्यरत दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुलाई विना कारण सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको भन्दै तत्काल निणर्य सच्याउन माग गरेका छन् ।

अन्यायपूणर् उक्त निणर्य अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन नेकपा एमाले लहान नगर किमिटि अनुरोध गरेका हुन् ।

लहान नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १ गतेबाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निणर्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले विहिबार प्रेस बिज्ञप्ति जारी गर्दै तत्काल निणर्य नच्याए रोजगारीको हक सुनिश्चित गर्न र जनताको सेवा सुविधालाई दृष्टिगत गर्दै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- लहान नगरप्रमुखले जनताको हितलाई ख्यालै नगरी वषौंदेखि जनतालाई सेवा प्रवाह गर्दै दक्षता हासिल गरेका करार र ज्यालादारी कर्मचारीहरुलाई पूर्वाग्राही भएर निकाल्न छलकपटपूणर् तरिकाले गरी गराएको स्पष्ट देखिन्छ । यस्ता अमर्यादित क्रियाकलापको नेकपा एमाले नगर कमिटि लहान घोर भत्र्सना गर्दछ ।

कर्मचारीहरुले गरेको कामको जनताले गरेको उच्च मुल्यांकन र उनीहरुले प्राप्त गरेको दक्षतालाई वर्तमान नगरप्रमुखले सपथग्रहणको पहिलो सम्वोधनमा नै विना कुनै आधार ती कर्मचारीहरु हटाउने दुरासययुक्त अभिव्यक्ति दिनु र तत्पश्चात षढयन्त्रपूणर् तरिकाबाट संविधान सम्मत नागरिकको रोजगारीको हकको विरुद्ध र जनप्रतिनिधीको नागरिक प्रतिको दायित्वलाई ख्यालै नगरी कर्मचारी निष्कासन गर्नु जनमतको अपमान हो प्रेस विज्ञप्तीमा भनिएको छ ।

करार कर्मचारीहरुको ज्ञापनपत्र प्रति एक्यवद्धता जनाउँदै कुनै भेदभाव नगरी अविलम्भ सबै दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुको म्याद थप गरी काम काज गर्न दिन जोरदार माग गर्दछौं । अन्यथा रोजगारीको हक सुनिश्चित गर्नका लागि र जनताका सेवा सुविधालाई दृष्टिगत गर्दै थप कार्यक्रम गर्न वाध्य हुने चेतावनी दिएको छन् ।

press bigyapti 5 copy

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A