लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन साउन १३ मा हुने

  • श्रावण ७, २०७९
  • समृद्धिपथ
alt

लाल बिहारी यादव,

लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन यहि श्रावन १३ गते शुक्रवार हुने भएको छ। हाइटको आज (शनिवार) लहानको मारुती होटलमा बसेको तयारी बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो।

हाइटका क्लब अध्यक्ष लायन जयकृष्ण यादब लाइन्स क्लव इन्टरनेशनलको डिस्ट्रीक्ट घद्दछँ को जोन चेयरपर्सनमा मनोनयन भएकोले क्लब अध्यक्षको पद खाली हुन गएकोले नयाँ अध्यक्ष तथा कार्यसमिति नियमानुसार अधिवेशनबाटै चयन हुने निवर्तमान क्लब अध्यक्ष जयकृष्ण यादवले बताउनु भएको छ।

कोरोना कालमा बिरामीहरुलाई शक्तिवर्धक खाद्य वस्तु, फलफूल वितरण, बिभिन्न समयमा रक्तदान कार्यक्रम तथा जाडोबाट बच्न गरीब गुरुवाहरुलाई कम्बल वितरण गर्दै आईरहेको उक्त क्लबले आफ्नै लगानीमा सामाजिक क्षेत्रमा उल्लेखनिय सहयोग गर्दै आरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यहाँले आगामी दिनहरुमा पनि समस्यामा परेकाहरुलाई सक्दो सहयोग गर्ने उद्दे्श्यका साथ अगाडि बढिरहेको यस लाइन्स क्लव अफ लाहान हाइटमार्फत दीन दुःखीहरुलाई सहयोग गर्ने मनकारी हातहरुलाई क्लवमा आबद्ध हुने बाटो खुल्ला रहेको अध्यक्ष यादवले बताउनुभयो ।

बैठकले क्लवको कार्यालय लहानमा राखिने र सोको लागि नयाँ भवनको व्यवस्था गरिसकेको क्लवका अधिकारीहरुले जनाएका छन् ।

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A