गोलबजार नगरपालिकामा प्रक्रिया पुर्याएर दक्ष करारमा कर्मचारी भर्ना गरिने

  • श्रावण १०, २०७९
  • समृद्धिपथ
alt

अभयचन्द्र यादव

लहान,साउन १० गते । 

गोलबजार नगरपालिकामा करारमा भर्ना गरिएका अदक्ष करारका कर्मचारीहरु हटाएर प्रक्रिया पुर्याएर दक्ष कर्मचारी भर्ना गर्ने नेकपा एमाले सिरहा जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डलले बताउनु भएको छ । सदरमुकाम सिरहामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित पूर्व मेयर देवनाथ साहले प्रक्रिया नै नपुरयाई आफ्ना आफन्त पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाएकोले अदक्ष करारका कर्मचारीहरु हटाउनु परेको अध्यक्ष मण्डलले प्रष्टयाउनुभयो । 

  करार कर्मचारी हटाउँदा नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई गाली गलौज र अमर्यादित शब्दको प्रयोग गरेर नगरपालिकामा गरेको तोडफोड जस्ता अमर्यादित गतिविधि गरेको घट्नाको नेकपा एमाले घोरभर्तस्ना गर्दछ वितरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । 

लोकतान्त्रिक पद्धतिमा आफ्ना मागहरु राख्न शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने, कानूनी उपचार खोज्ने र नयाँ भर्ना प्रक्रियामा करारका कर्मचारीहरुलाई सहभागी हुन हाम्रो सुझाब रहेको अध्यक्ष मण्डलले बताउनुभयो । 

होचुवाको भरमा कानुनी र भर्ना गर्ने प्रक्रिया नै प्रयोग नगरी भर्ना गरेको ठहर गरी देशैभरी ४०० पालिकाहरुले करार कर्मचारीहरुलाई हटाउने गरेकोले गोलबजार नगरपालिकाले समेत हटाउनु परेको विज्ञप्तिमा उल्लेख रहेको छ । 

स्थानीय तह निर्वाचन २०७९ पश्चात गोलबजार नगरपालिकामा पनि जनताको मतबाट नेकपा एमाले निर्वाचित भएकोले स्थानीय तह २०७४ ले दिएको अधिकार अनुसार पालिकाले आफ्नै कानुन कार्यविधि बनाउने अधिकार रहेको छ । यहि ऐन र अधिकारलाई टेकेर अघि बढिरहेको विज्ञप्तिमा प्रष्टयाएको 

छ । 

पत्रकार सम्मेलनमा नेकपा एमाले सिरहा सचिव भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव,सचिवालय सदस्य कर्जन्हा नगरपालिका नगरप्रमुख भोला प्रसाद पोखरेल,उप सचिव तथा धनगडीमाई नगरप्रमुख शिवशङ्कर महतो,उपसचिव तथा गोलबजार नगरप्रमुख श्याम श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A