उपमेयरको बारेमा नगरवासीको चिन्ता र चासो

  • श्रावण २३, २०७९
  • समृद्धिपथ
alt

 

                     जीबछ उदासी 

देशकै सबैभन्दा बढी २४ वडा भएको लहान नगरपालिका हो । सम्पन्न भएको स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट नगर उपप्रमुखमा जनता समाजवादी पार्टीको तर्फबाट राम चलितर महतो निर्वाचित हुनुभयो । उहाँ २०६३ सालको मधेस आन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभयो । मधेस आन्दोलनको चेहरा भएकोले उहाँ यसपटक गठबन्धनमा जसपाबाट उम्मेदबार भइ उपप्रमुखको पदमा आसिन महतो शपथ ग्रहणकै दिन म अन्याय सहभदिनँ र न्याय मर्न दिन्न भनेर सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनुभयो । कार्यकाल सम्हालेको दुई महिना नबित्दै उहाँ जबर्जस्ती करणी उद्योग मुद्दामा आफैं फसेपछि यसबारे नगरका हरेक सचेत नगरवासीको चिन्ता र चासोकोबिषय बनेको छ । म एउटा पत्रकारको रुपमा अनुभव गरेको छु । जहाँपनि उपमेयर सहावको घट्नामा के सत्यता छ पत्रकार जि भनेर जिज्ञासा राख्ने गरेको छ । उपमेयर सहाबले यस्तो गरेको सत्य नै हो त ? भने कोणबाट चिन्ता र चासो दुबै जिज्ञासामा देखिन्छ । हो पनि आफ्नो नगरपालिकाको उर्जावान उपमेयरलाई जवर्जस्ती करणी उद्योगको आरोपमा सम्पर्कबिहिन हुँदा चिन्तित हुनु स्वभाविक नै हो । लहान-४ घर भएकी २१ वर्षिय स्नातकमा अध्ययन गरिरहेकी महिला जागीर लगाई दिनु भनेर रोजगारी माग्न जान्छ । जागिरको सट्टा उपमेयरबाट करणी उद्योगको  घट्नाबारे ती महिलाले सासुआमा र पतिलाई जानकारी  गराउँछ । आफ्जानै जातीय आफन्त नाता सम्बन्धमस परेकोले घट्नाई थोमथाम गरिन्छ ।एक महिनापछि  फेरि  के नमिल्इदा इलाका प्रहरीमा मुद्दा दर्ता हुन  पुग्छ । घट्ना पर्दा भित्रबाट बाहिर आएपछि  सबैको चासो बन्न पुगेको छ ।

अहिले उपमेयर सहावको पद बहाली हुन्छ कि हुँदैन। मुद्दा लम्बियो भने पद पनि जाने अवस्था आए फेरि चुनाव हुन्छ कि ? यस्ता जिज्ञासा हरु चिया पसल होस वा सार्वजनिक ठाउँ होस् यत्रतत्र उठिरहेको छ । उपमेयर सहाव सम्पर्कबिहिन भएपछि न्यायिक समिति र अनुगमनको कार्य प्रभावित भइरहेको छ । उपमेयरको पद जनताबाट निर्वाचित न्याधिशको पदको रुपमा पनि बुझ्ने गरेको छ । यो पदमा आसिन हुने उपमेयर सहाबलाई लागेको गम्भीर आरोप मुद्दामा परिणत भएपछि अब अदालतबाटै छिनोफानो हुने देखिन्छ । यस घट्नाबारे राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय मधेसी आयोग र राष्ट्रिय महिला आयोगले समेत अनुगमन गरिसकेको छ । कानुनको विशेषता नै सबैलाई उहि नजरले हेर्नु रहेकोले पीडितले न्याय पाउनुपर्छ । धेरैले उपमेयर सहाबलाई फसायो भनेर पनि भनिरहेका छन् ।

तर,कानुनमा गइसकेपछि तथ्यप्रमाणको आधारमा फैसला हुने हो । पुर्ब सभामुख कृष्ण बहादुर महरा जस्तो पावरफुललाई पनि कानुनले बक्सेन भने उपमेयर राम चलितर महतोमाथि लागेको आरोप प्रमाणित भयो भने कानुनले तोकेको सजाय भोग्नैपर्छ । तर,फसाउन षडयन्त्र भएको हो भने सत्य बाहिर आउनेछ । उपमेयर दबाब पनि मुक्त भएर पदीय जिम्मेवारीमा सक्रिय हुनु हुनेछ । कहिलेकाहि पहुँच र पावरको बलमा सत्यपनि ओझेलमा पर्ने गर्छ । त्यस्तो नहोस् । यस घटनालाई न्यायिक र अनुसन्धान गर्ने निकायले सत्यको गहिराइसम्म पुग्न जरुरी छ । एकातर्फ एक महिला जो आश लिएर जागीरको लागि अश्वासन पाएर कार्यक्षमा पुग्दा न्याय दिइने उपमेयरबाट नै यौन हिंसामा पर्नु अर्कोतर्फ हुँदै नभएको आरोपमा उपमेयर सहावलाई फसाउन कुनै षडयन्त्र भएको हो भने यो पनि अन्याय नै हुन जान्छ । तसर्थ न्याय न मरोस । पीडितले न्याय पाउन । कानुनलाई हातमा लिन कसैलाई छुट नहोस् । एउटा अपराधको ढाकछोप गर्दा हजारवटा अपराधहरु जन्मन्छ । न्याय न मरुन जो कोहि भएपनि गल्ती र अपराधको प्रकृति अनुसार सजाय पाउनैपर्छ । 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A