मधेसमा कमजोर छैन् एमाले

  • श्रावण २८, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

चुनावको मिति घोषणा भैसकेको छ । गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोर मधेसमा रहेको सए्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा ३२ संघीय सीट रहेको छ । प्रत्येक संघीय सिटमा दुई रदेशसभाको संख्याको दरले ६४ सिट रहेको छ । २०७५ को चुनावमा मधेसवादी र माओवादीको अवस्था सन्तोषजनक भएपनि एमाले तुलनात्मक रुपमा कमजोर रहे । बाम एकता भएर नेकपा बनेपछि मधेसमा नेकपा निकै बलियो हुन पुगेको थियो भने काँग्रेस कमजोर हुँदै गइरहेको थियो । मधेसमा कम्युनिष्ट पार्टी बलियो हुने कुरा दिल्लीको लागि अपाच्य भयो । त्यसमा पुर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले राष्ट्रियता सीमा सुरक्षा र मिचिएको भूमि फिर्ताको लागि लिनु भएको अडानको कारण दिल्ली छटपटाएर नेकपालाई विभाजन गराउन भित्रभित्रै प्रचण्ड र माधव नेपाललाई प्रयोग गरेको घट्नाक्रमबाट पुष्टि हुँदै जान थालेको छ । भारतले एमाले कमजोर भयो भने मात्रै नेपाललाई रिमोट कन्ट्रोलबाट चलाउन सकिन्छ भने निष्कर्ष अनुसार भारतले पाँच दललाई एकै ठाउँमा ल्याई दिएको कुरा मधेसी जनताले भलीभाती बुझ्न थालेका छन् । 

मधेसमा भारतलाई खुसी पारेर प्रचण्ड र उपेन्द्र यादव भरपुर कोसिस गरेपनि भारतले नेपाली काँग्रेस र लोसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई मात्रै पत्याउने गरेको छ । भारत र अमेरिकाले नेपालमा देउवाको नेतृत्वमा बन्ने सरकारबाट वा नेपाली काँग्रेसको नेतृत्वको सरबाट मात्रै संभव देखेकोले मधेसमा नेपाली काँग्रेसको पुरानो विरासत फर्काइ दिन लागेकोले मंसिर ४ गते हुन गइरहेको चुनावमा माओवादी र जसपा दुबैलाई कमजोर बनाउने निश्चित छ । एक सय सिटमा काँग्रेसले दाबी गरिरहँदा माओवादी र जसपाले पाउने सिट कति नै हुन्छ सजिलै अनुमान लगाउन सकिन्छ । 

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारले ओछ्याएको विकासको लीकमा आज जुन सरकार आएपनि हिड्नैपर्ने बाध्यता छ । मनमोहन अधिकारी नेतृत्वको सरकार ढाल्न पनि भारतले के गरेन ? त्यतिवेला पनि काँग्रेस लगायत सबै दलहरुलाई एक ठाउँमा ल्याउन गरेको हर्कत अविस्मरणीय छ ।मनमोहन अधिकारी नेतृत्वको सरकारको लोकप्रियता भारतको टाउको दुखाइ बन्नु र दुई पटक केपी ओली नेतृत्वको सरकारले भारतद्वारा लगाएको नाकाबन्दीको डटेर सामना गर्नु,राष्ट्रियता,समृद्धि र जनजीविकाको सबालमा देखाएको चटानी अडानले पनि भारत नेपालमा गरेको हस्तक्षेपले बनेको पाँच दलीय गठबन्धन हो भने कुरा मधेसका जनतालाई बुझ्न जरुरी छ । मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रियता,सुशासन,समृद्धि र सामाजिक न्याय समेत समेटिएको खुसी नेपाली,समृद्ध नेपालको एजेन्डा जनतालाई बुझाउन सके मधेसमा पनि एमाले कमजोर नरहने देखिएको छ । मधेसको जनता अब भावनामा बग्ने छैन । मधेसमा पनि शिक्षा स्वास्थ्य कृषि र पर्यटनको विकास होस् भने चाहन्छ । हुलाकी राजमार्ग निर्माण लगायत अन्य सडक निर्माण,राष्ट्रिय लोकमार्गलाई चार लेन बनाउने कार्य,कोसी कमला डाइभर्सन लगायत मधेसको समृद्धिको लागि ल्याएको विकासको कामबाट मधेसको जनता एमालेको पक्षमा मतदान गर्ने निश्चित छ । मधेस प्रदेशमा रहेको वर्तमान गठबन्धन सरकारले गफ मात्रै गरेको छ । भ्रष्टाचारमा अगाडि रह्यो । सामाजिक न्याय र भौतिक विकासमा फड्को मार्न सकेन । तसर्थ मधेसमा एमालेप्रति क्रेज बढेको छ । मधेसमा एमाले काँग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ । जसपा र माओवादी निकै कमजोर हुँदैछ । मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ अभियान अन्तर्गत साइकल साइकल वितरणमा भएको भ्रष्टाचार पर्दा बाहिर आइसकेको छ । 

नेकपा एमाले मधेसको मुड बुझेर आफ्नो राजनीति गतिविधि अघि बढाइरहेको छ । यसपटकको निर्वाचनमा गठबन्धनलाई नेकपा एमालेले मधेसमा चुनौती मात्रै दिँदैन,परास्त गर्ने प्रवल संभावना बढेर गएको छ । मधेसवादी र माओवादीले मधेसी जनताको समृद्धि र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सकेन । मुलुकको कायापलटको लागि दुई कार्यकाल नेकपा एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने कुरालाई कबुल गरिसकेका छन् । चुनावलाई आफ्नो पक्षमा पार्न गठबन्धनको सरकारले जनतालाई राहत दिन सकेन आहत दियो भने कुरा एमालेले बुझाउन सक्नुपर्छ। परमादेशी सरकारले जनादेशको अपमान गरेको कुरा चुनावी अभियानमा जोडतोडले प्रचार प्रसार गर्नुपर्छ । लहैलहैमा एमाले छाडेर माधव नेपालको पछि परेका नेता कार्यकर्तालाई घर फिर्ताको लागि पहल थाल्नुपर्छ। नेकपा एमालेको स्कूल विभाग,प्रचार प्रसार विभाग र संगठन विभागलाई वडा स्तरसम्म परिचालित गर्न आवश्यक देखिन्छ ।

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A