जीबछ उदासी
लहान,भदौ १८ गते ।
सुख्खा मौषममा समेत कटान गरिरहेको बलान नदीले अविरल वर्षा भइरहँदा लहान-२३ तिलेबोना सीमामा कटान तीव्र पारेको छ ।
वर्षौदेखि कटान गरिरहेको बलान नदी कटान नियणत्रण हुन नसक्दा समस्या विकराल भइरहेको लहान(२३ तिलेबोनाका बिल्टु यादवले भन्दै तिलेबोना गाउँका किसानहरुको मात्रै ६० विगहाभन्दा बढी उर्वर जमिन कटान गरिसकेको बताउनुभयो ।
संघ र प्रदेश सरकारको बजेटबाट लहान नगरपालिकादेखि भगवानपुरसम्म तटबन्ध निर्माण गरेमात्रै दिर्घकालिन रुपमा समस्या समाधान हुने स्थानीयहरु बताउँछन् । तटबन्धको नाममा अहिलेसम्म पटक(पटक कार्यकर्ता पालिने कार्य मात्रै भएको स्थानीयहरुको आरोप छ ।
लहान नगरपालिकाले १५ लाख रकम खर्चेर बनाएको अस्थायी तटबन्ध वगाएर लगेपछि फेरि कटान तीब्र रुपमा हुन थालेको छ ।तत्कालै कटान नियणत्रण नगरे पचीस फिट कटान गरे भङगालो परिवर्तन गरी पश्चिमबाट बग्नथाले विकराल समस्या हुने अर्का स्थानीय मुसहरु यादबले बताउनुभयो ।
लहान नगरपालिकाको बजेटबाट मात्रै समस्या समाधान हुने नभएकोले बलान नदी नियन्त्रणको लागि संघ र प्रदेश सरकारसँग लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी पहल गरिरहेको विष्णु साह बानियाँले प्रष्टयाउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A