बजारमा म्याद सकिएको दालमोट बिक्री हुँदै

  • आश्विन ५, २०७९
  • समृद्धिपथ

एलिना हिङ्गमाङ्ग चौधरी,

लहान । सिरहा नगरपालिका वार्ड नं ७ हेमनारायण चौक स्थित संचालनमा रहेको श्रवण किराना पसलमा म्याद गुज्रिएको दालमोट बिक्री भएको ग्राहकवाट गुनासो आएकोछ ।

सोही स्थानमा बस्दै आएका अजित शर्माले सो किराना पसलवाट खरिद गरेको दालमोठको प्याकेट फटाउदा खानेबेलामा अर्कै स्वाद लागेपछि प्याकेटमा हेर्दा म्याद सकिएको रहस्य खुलेको हो ।

महावीर फुड्स प्रोड्क्ट चोहर्वा सिरहाद्धारा उत्पादन गरेको शुभाषिश ब्राण्डको दालमोट शर्माले खरिदगरी ल्याएका थिए । उनले भने ‘जहिले पनि थोकमै दालमोट किन्दै आएको छु । अहिले पनि ४ प्याकेट खरिद गरी ल्याएको र साँझमा नास्ता खाने बेलामा प्याकेट फुटाएर खाँदा अर्कै स्वाद लाग्यो । अरु दिन भन्दा अर्कै स्वाद लागेपछि प्याकेटको बाहिर चेक गर्दा २०१९ लेखिएको म्यादलाई मेटाएर २०२२ को छाप लागेको देखियो ।’

सिरहाको चोहर्वामा संचालित महावीर फुड्स प्रोडक्टले उत्पादन गर्दै आएको शुभाषिश ब्राण्डको दालमोट केही हप्ता अघि मात्र थोकमा खरिद गरेको श्रवण किराना पसलका संचालक श्रवण साहले बताए । हामी थोकमा सामान किन्छौ । बाहिरी म्याद देखिदैन उनले भने ‘भित्र के थियो त्यति विचार गरिएन थोकमै बेचियो । म्याद सकिएको दालमोट परेछ भन्ने कुरा पछि बुझियो । उनका अनुसार दालमोठ वडा प्रहरी कार्यालयलाई जिम्मा लगायौ ।

म्याद सकिएको दालमोठ उपभोक्ता र किराना पसलवाट ल्याई जिल्ला प्रहरी कार्यालयमा बुझाएको वडा प्रहरी कार्यालय सिरहाका प्रमुख राजेश यादवले बताए । जानकारी पाएपछि म्याद सकिएको दालमा्ठ हामीले बुझायौ । हाम्रो काम बुझाउने हो, ‘उनले थप्दै भने, ‘त्यसवारे थप के भयो भएन् । त्यो सबै कुरा जिल्ला प्रहरी कार्यालयलाई मात्रै थाहा होला, हामीलाई केही थाहा भएन ।’

म्याद सकिएको दालमोठ फेला परेको घटनाक्रम बारे बुभ्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुबास बुढाथोकीले समान बरामद गरिसकेको र अब नियम अनुसार कार्वाही अगाडी बढाउने कुरा बताउनुभयो ।

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A