'बाम एकताको लागि युवा पुस्ताको पहल जारी रहनुपर्छ '

  • चैत्र ९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनु भएको छ । उहाँले जनतालाई डेलिभरी दिइने प्रतिवद्धता गर्नु भएको छ ।‌ प्रतिवद्धता अनुसार काम गर्न सक्नु हुन्छ कि सक्नुहुन्न भने चर्चाले गति लिनु स्वभाविकै हो । अवसरभन्दा चुनौती बढी रहेको तर्क वितर्कहरु विभिन्न कोणबाट हुन थालेको छ । नागरिकले विचारको वहस गरेर समय खेर फाल्नु भन्दा सरकारले राहत दिइने कार्यक्रम ल्याउनुपर्छ भने आशा गरि रहेको छ । प्रधानमन्त्री प्रचण्डले स्वयम यसपटक काम गर्न प्रधानमन्त्री भएको वताइरहनु भएको छ । प्रचण्डले काम गरेर देखाउनु हुनेछ भने जनताले आशा मात्रै होइन, भरोसा पनि गरेका छन् । तर,काम गर्नको लागि प्रधानमन्त्री प्रचण्डलाई अनुकूल वातावरण दस दलीय गठबन्धनबाट मिल्छ कि मिल्दैन। त्यो महत्पूर्ण विषय हो । पुस १० गते नेकपा एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच बनेको सहमतिको आधारमा प्रचण्ड प्रधानमन्त्री त हुनुभयो तर राष्ट्रपतिको चुनावको विषयमा सहमति हुन नसक्दा एमाले माओवादी सम्बन्धमा दरार परेको छ । काँग्रेस लगायत नौ दलले दिएको समर्थनमा लिएर प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएको छ । दुई महिनामा दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपुग्यो यसले स्थिर रुपमा सरकार चल्ने कि नचल्ने वहस चिया चर्चाको वहस समेत भएको छ ।

प्रचण्ड-ओली मिलेको बेला देशमा दिपावली भयो । जनतामा हर्ष देखियो । सबै बाम एक ठाम हुनेभयो । देशमा समाजवाद आउने संभावना वढ्यो । किसानमा उत्साह,मजदुरमा हिम्मत बौद्धिक क्षेत्रमा पनि खुसयाली देखियो । मुलुकको राष्ट्रियता स्वाधिनता समृद्धि र विकासले गति लिइने सकारात्मक बहसहरु अघि बढ्ने गर्छ । दुई पटक भएको एकता परिणाम नदिइकनै आखिर सम्बन्धमा किन दरार आउने गरेको कीणबाट चिन्ता जाहेर भइरहेको छ । दुई पटक भएको मिलन जनताको मुक्तिभन्दा सत्ताको स्वाद चाख्ने जुक्ति मात्रै भयो भन्दै आक्रोसपनि व्यक्त भइरहेको छ । पहिलो पटकको एकता प्रचण्ड ओली र माधव कुमार नेपालबीच भएको असहमतिको कारण पार्टी एकिकरण भएर समिकरण बदलियो । यहि मतभेदको कारण दुई तिहाइको बामपन्थी सरकार पाँच वर्षसम्म चलेन । फेरि पार्टी विभाजन भएर नेकपा एमाले र माओवादी अलग त भयो भयो एमालेबाट माधव नेपाल अलग भएर नेकपा एमिकृत समाजवादी गठन गर्नुभयो । केपी ओलीले दुई पटक संसद विघटन गर्दा अति कमजोर भएको काँग्रेस २०७९ को संघ र प्रदेशको चुनावमा पहिलो शक्ति भएर आयो । बाम विभाजनको फाईदा काँग्रेसलाई भएकै हो । नेपाल कम्युनिष्टहरुको उर्वरभूमि भएपनि फुटकै कारण पटक-पटक घाटा व्यहोरिरहेको कम्युनिष्टहरु किन एकजुट हुँदैन ? भने प्रश्न जनस्तरबाट उठिरहेको छ । 

२०७९ को निर्वाचनबाट फेरि प्रचण्ड ओली मिलेर सरकारको गठन हुँदा देशमा खुसीको लहर नै छायो तर तर यो गठबन्धन पनि टिक्न सकेन । अहिले माओवादी काँग्रेसको सहयोगमा सरकारमा एमाले प्रतिपक्षको कितामा बस्नुपर्यो । सबै बाम एक ठाम नहोउन भने देशी विदेशी कम्युनिष्ट विरोधीहरुको मनसुवा अनुसार नै बामपन्थी शक्ति विभाजन हुनु चिन्ताको विषय त हो नै । त्यसमा प्रचण्ड र ओली बीच एकता वा गठबन्धन हुँदा भएका सहमतिहरु किन टिक्दैन ? यो बहुत महत्पूर्ण विषय हो । यस विषयको गहिराइमा जान आवश्यक छ । झोले समर्थक र पुच्छर कार्यकर्ता मात्रै भइरहने हो भने भविष्यमा पनि बाम एकता संभव छैन । सबै बाम एक ठाम भएन भने मुलुकको समृद्धि,विकास र राष्ट्रियताको जग बलियो पनि हुने छैन् । माओवादीको विचार र एमालेको संगठन दुबै एक ठाउँमा भयो भने निर्णायक शक्ति बन्नेछ । तसर्थ,बाम एकता सधैंको आवश्यकता पनि हो ।

ओली र प्रचण्डको बीचमा मन माजिएको एकता दुबैपटक नभएको प्रष्टै देखियो । सत्ताको लागि एकता मात्रै होइन, जनताको मुक्तिको लागि एकता हुनुपर्नेमा सत्ता र शक्तिको बाँडफाँटमा बढी केन्द्रित रहयो । गठबन्धन र एकताको आधार नै आपसी विश्वास हो । प्रचण्डलाई पाँच वर्ष नै सरकार चलाउ पार्टी एकिकरण गरेर पाँच वर्षपछि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने खालको सहमति हुनुपर्दथ्यो। माओवादीले गरेको जनयुद्धलाई पनि केपी ओलीले स्वीकार गर्नु पर्दथ्यो। विगतमा संसद विघटन गरेको कुरालाई पटक पटक सदनमा उठाउनु पर्दैनथ्यो। जे गर्नु हुदैन्थ्यो पटक पटक ओली जीबाट त्यहि हठ दोहोरिनु जनयुद्ध दिवसलाई हिंसा दिवस भन्नु, सरकारमै बसेर सरकारकै विरोध,गणतन्त्र र संघियतालाई धज्जी उडाउने हर्कतले ओलीको साथ छोडनु परेको प्रचण्डको स्पष्टोक्ति बाहिरिएको छ । ओली विचार भन्दा ओली प्रवृति बाम एकताको लागि समस्याको रुपमा देखापर्यो । यसको अर्थ प्रचण्डबाट कमजोरी नै नभएको भन्न सकिँदैन । प्रचण्डजी ले पनि देखिएको समस्याहरु समाधान गर्नको लागि एमाले र माओवादीको दोस्रो पुस्ताको नेताहरुलाई बाम विद्धिजीविहरुलाई जिम्मा दिएर गठबन्धन टिकाइ रहनुपर्दथ्यो तर त्यस्तो नगरेर काँग्रेसकै बैशाखीमा प्रचण्ड। हिँडेर गन्तव्यमा पुग्नुहुन्छ भने विश्वसनीय आधार देखिदैन । 

तत्कालै एमाले माओवादीबीच एकता हुने गठबन्धन हुने परिस्थिति बन्ने छाँटकाँट नदेखिएपनि बाम एकता सधैंको आवश्यकता रहेको छ भने कोणबाट प्रयास जारी राख्नुपर्छ। बाम एकताको माहोल बनाउन नयाँ पुस्ता ,बामवुद्धिजीवि र बाम एकताका पक्षधरहरु निर्नतरको सम्बाद गरिरहनुपर्छ । नयाँ पुस्ताहरु बाम एकताको मोडालिटि तयार गरेर त्यसमा प्रचण्ड ओली र माधव नेपाल समेतलाई सहमत हुन दबाब सृजना गर्न चुक्नु हुँदैन । तमाम किसिमका विभेदहरुको उन्मुलन समतामुलक समाज निर्माण गर्न एकिकृत बाम आन्दोलन भने साझा धारणा बनाउन आवश्यक छ । दुबै पार्टीको युवा विधार्थी संगठनहरुले साझा मोडालिटी बनाउन सहकारीको लागि तयार हुन आवश्यक छ । अब जनताले राजनीतिक आन्दोलनभन्दा विचार र दर्शन मिल्नेहरु एक भएर आउ भने चाहना राखेका छन् । सदनभित्र बाम पन्थीहरु झगरिरहँदा गैर बाम पन्थीहरु आरामका श्वास लिइरहेको छ । सबै नामहरु एक ठाम नहोउन भने विदेशीहरुले फालेको जालमा कम्युनिष्टहरु फस्नु वजद्धिमानी होइन,नदानी हो किन बुझिरहेको छैन । 

देशमा मधेशमा पनि बिभिन्न सामाजिक धार्मिक विभेद राजनीतिक आराजकता आर्थिक असामनता र व्यापक भ्रष्टाचार बढिरहेको छ । सामाजिक विकृति र व्यापक रुपमा भइरहेको भ्रष्टाचारको अन्तय गर्नको लागि, बाम आन्दोलनको उपलब्धि जोगाउनको लागि,गणतन्त्र र संघीयताको रक्षाको लागि समाजवाद स्थापना गरी न्याय समानताको लागि पुरानो पुस्ता लडि रहेपनि नयाँ पुस्ता एकताको माहोल बनाउन लागौ । 

 

 

 

 

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A