माओवादी संगठन सुदृढीकरण अभियानमा

  • चैत्र ९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत ९ गते ।

गाउँगाउँमा सुदृढीकरण अभियान सुरु हुने नेकपा माओवादीको केन्द्रीय सदस्य हरि नारायण चौधरीले बताउनु भएको छ । 

 नेकपा माओवादी केन्द्रको लहान नगरपालिकाको २४ वटै वडामा संगठन सुदृढीकरण गर्न अगुवा कार्यकर्ताहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

मधेस प्रदेशमा संगठन निकै कमजोर रहेको केस नेता चौधरीले भन्दै आन्तरिक विवाद मथ्थर गरेर एकताको सन्देस दिँदै संगठन निर्माणमा लाग्नुपर्ने निर्देशन दिनुभयो । 

केस चौधरीले भन्नुभयो,' माओवादी पार्टी कमजोर हुनु भनेको गरीव किसान मजदूरको आवाज कमजोर हुनु हो । तसर्थ,पार्टीको सिद्दान्तलाई व्यवहारमा उतार्न आवश्यक छ ।' 

कार्यक्रममा केन्द्रीय सल्लाहकार खडग नारायण चौधरी,नेता सुरेन्द्र साह,जिल्ला कमिटि सदस्य देव नारायण महतो ,सुधा यादव,नगर कमिटि अध्यक्ष हेमन्त कुमार यादव नगर कमिटि सचिव उमेश साह लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A