जीवछ उदासी
चैत १० गते
लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारमा पुर्वपटि रघुबीर साह हलिवाइको चिया पसल र पश्चिमपटि धनबीर साह हलुवाइको चिया पसल रहेका छन् । दुबै दाजुभाइको चिया पसलमा विहान बेलुका निकै जम्घट हुने गर्दछ ।
रमेश महतो शहिद पार्कको दक्षिणतर्फ तरकारी बजार प्रवेशद्वारमा रहेको दुबै चिया पसलमा विहान बेलुका चिया खान आउनेहरुमा सर्व साधारण देखि उच्च पदस्थ नेताहरु पनि हुन्छन् । पुर्वपटिको चिया पसलमा चिया पकाइरहेको (१६ -१७) वर्षको एउटा युवा चिया पकाइ रहेको हुन्छ । त्यो युवकको नाम कृष्ण कुमार साह हो । सबैले माया गरेर कृष्णा भनेर बोलाउने गर्छ । कृष्णाको चिया पकाउने सीपको तारिफ जो कोहिले चिया खाएपछि गर्छन् । पहिलो पटक चिया खान आउनेले बाबुको हातमा जादु छ । अहा ! कति मीठो चिया ? एक पटक चिया खाएकाहरु पटक पटक आउने गरेकाले कृष्णा यतिबेला धेरैको फ्यान नै बनेका छन् ।
एक पटक गोरखापत्र दैनिकका मधेस प्रदेशका संयोजक। धिरेन्द्र साहले मलाई फोन गर्नुभयो,'म लहान आउँदैछु । अहिले बाटोमै छु । चिया खाउँला सँगसँगै बसेर गफ गरौला ।' म पनि त्यहि चिया पसलमा बसेको केहि समयपछि उहाँ आउनुभयो । संयोग कति राम्रो ? उहाँगै वरिष्ट पत्रकार विजय मिश्र मधेश सञ्चार प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर यादवपनि हुनुहुन्थ्यो । माघ महिनाको चिसो समयमा तातो चियो जो कोहिलाई पनि मनपर्छ । उहाँहरु आएपछि मैले भने,'भतिज कृष्णा चिया खुवाउनु । ' चिया खाएका सबैले भन्नुभयो,' जे होस् बाबुले चिया मिठो बनाउँछन । अब आउँदा जाँदा चिया यहि खानुपर्छ । उहाँहरुले गरेको प्रशंसाले मेरो मन पनि जुरायो ।
विहान वेलुका चियासँगै विभिन्न क्षेत्रका वहस कुराकानी भइरहने यस चिया पसलमा कृष्णालाई चिया बनाउन भ्याइ न भ्याइ भइरहेको हुन्छ । कृष्णा कक्षा ६ सम्म मात्रै पढेकोमा पिता रघुबीरलाई पीडा त छ तर छोराले पकाउने चिया सबैलाई आकर्षित गर्न थालेपछि व्यापारले गति लिएकोमा उहाँ खुसी पनि देखिनु हुन्छ ।
कृष्णाको पीता रघुबीर भोजमा खाना पकाउने व्यसायी मिस्त्रीको रुपमा पहिचान बनाउनु भएको छ । ठूला भोजभतेर देखि साना भोजमा पनि रघुबीर धनबीर र दिपक साह खाना पकाएपछि कुन मिस्त्रीले यस्तो खाना पकायो भने प्रशंसा बटुलेकै हुन्छ । प्रशंसासँगै राम्रो कमाई गरिरहेका उहाँहरुले केहि महिना यता मात्रै चिया बनाउन थालेको कृष्णा एक असल खाना पकाउने र चिया पकाउने मिस्त्रीको रुपमा प्रसिद्ध हुने बताउनुभयो ।
कृष्णाको दाजु रविन साह पहिले चिया पकाउनु हुन्थ्यो । रविनले अलगै पसल खोलेपछि कृष्णा केहि महिना यता चिया पकाउन थालेको कृष्णाको पिता रघुवीरले भन्दै छोरा कृष्णाको आनी बानीले खुसी रहेको बताउनुभयो । उहाँ थप्नुहुनछ,'टोला माहोलमा लागु औषधमा लागेर बर्बाद भइरहेको बेला छोरा कृष्णा आफ्नै खुट्टामा उभिन व्यापार व्यवसायमा लागेकोले अति नै खुसी छु ।'
दुध चियापति र चिनीको उचित मात्रा राखेर उमाल्दा मिठो चिया पाक्ने कृष्णाले सुनाउनुभयो । चिया पकाएर खवाउँदा मेरो प्रशंसा हुँदा मन आन्नदित हुन्छ । 'पछि पिताको खाना पकाउने सीप अपनाएर स्वदेशमै कमाउने उद्देश्य छ',कृष्णाले सुनाउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A