आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित

  • बैशाख ३, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।

लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।


लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।


लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे ।

पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए ।

यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

एमबिबिएस पढ्ने र विम ...

  जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहा ...

छठको रौंनक घाटमा सरस ...

जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयार ...

‘फाइलहरु खोल्न नसके ...

जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । ...

मंसिर ६ गते सिरहा धन ...

  जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A