फरक शैलीमा अधिकारकर्मीहरुको तीज

  • आश्विन १, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी

लहान,असोज १ गते ।
तीज भन्ने वितिकै तडकभडक र आफनौ हैसियत अनुसारको पहिरनमा सजिएर मनाउने चलन नै भएको छ । बिल्कुलै तडकभडक नगरी पििडत महिलाहरुको पीडा सुन्दै खुसी बााडदै महिला अधिकारकर्मीहरुले फरक शैलीमा दुई दिन अगाडी नै दर खाएर तीजको रमाइलो गरेको थियो ।

सिरहाको गोलबजार,कर्जन्हा र सिरहा नगरपालिकामा पीडित महिलाहरुलाई तीज कार्यक्रममा सहभागी गराएर तीजको रमाइलो गरिएको महिला अधिकारकर्मी रेणु कर्ण यादवले बताउनु भएको छ । उहाँको अनुसार विगत केहि वर्षयता महिला अधिकारकर्मीहरुद्वारा समाजमा रहेका हानिकारक परम्परागत अभयासहरुलाई हटाएर हिंसामुक्त समाज निर्माणको लागि पीडित महिलाहरुको पीडा सुन्दै खुसी वाँडदै तीज मनाउदै आइरहका छौ ।

सम्पन्न र शिक्षित परिवारका महिलाहरु गुमसिएर घरमा हिंसा सहेर बस्न बाध्य भएकी महिलाहरु तीनै नगरपालिकामा आयोजित तीज कार्यक्रमहरुमा नाम सार्वजानिक नगरी दिन आग्रह गर्दै तीजमा सहभागी भएकी मुक्ति नेपाल सिरहाका अध्यक्ष महिला अधिकारकर्मी श्याम कुमारी साहले प्रष्टयाउनुभयो । मधेशी मूलका महिलाहरुलाई शिक्षित र सम्पन्न परिवारमा दाइजोका कारण मानसिक र भौतिक यातनाहरु पाइरहेको तथ्या बाहिर आएको उहाँले बताउनुभयो ।

परम्परागत हानिकारक अभ्यासहरु अहिलेपनि मधेशी समाजबाट हट्ुन सकेको छैन । छोरी बुहारीलाई हेर्ने दृष्टिकोणमा फरक छ । अरुसँग बोल्न र बाहिर हिँडनपनि प्रतिबन्ध छ । चाहेजति दाइजो नपाउने बुहारीलाई सासु आमाबाटै हिंसा भइरहेको छ । यस्ता दर्जनौ परम्परागत हानिकारक अभ्यासहरु कसरी हटाउने संविधानको मौलिक हकमा नै रहेको महिला अधिकारसम्बन्धी अवधारणहरु कसरी कार्यान्वयन गराउनेबारे कार्यक्रमहरु अघि बढाउनपनि पीडित महिलाहरुलाई बोलाएर खुसी साटन तीज मनाउँदै आइरहेको महिला पुर्नस्थापना केन्द्र(ओरेक) सिरहाका संयोजक शर्मिला न्यौपानेले प्रष्टयाउनुभयो ।

कार्यक्रमहरुमा कर्जन्हा नगरपालिका उपप्रमुख लक्ष्मी श्रेष्ठ, धनगढीमाई नगरपालिका उपप्रमुख संगिता चौधरी र सिरहा नगरपालिका उपप्रमुख बबिता साह सहभागी हुनु भएको थियो । भएर पीडितहरुको समस्या प्रत्यक्ष रुपमा सुनेर महिलाहरुले भोगिरहेको समस्या बाहिर आउन नसकेर समस्या साधाधान हुन नसकरहेको कर्जन्हा नगरपालिका उपप्रमुख लक्ष्मी श्रेष्ठले भन्दै चाडपर्वको अवसरमा कार्यक्रमहरुको आयोजना गरेर भएपनि महिला हिंसा हटाउन कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

महिला हिंसामुक्त समाज निर्माण नभएसम्म समाजमा समृद्धि र विकास संभव नहुने मधेश प्रदेशसभा सदस्य जिवछी यादवले भन्दै मधेशी समुदायका महिलाहरु तीजमा सहभागी हुनु राम्रै पक्ष भएको बताउनुभयो । उहाँले थप्नुभयो,‘म पनि महिला अधिकारकर्मीको पृष्टभूमिबाट राजनीतिमा आएकी छु । मधेशी समाजमा रहेको महिला हिंसाको भयावह अवस्थाबारे अनभिज्ञ छैन । मधेश प्रदेशमै महिला सशसक्रकरण अभियान चलाउन आवश्यक छ ।’

 

 

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A