शान्ति सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा विरोध प्रर्दशन

  • आश्विन १२, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान असोज १२ गते । 

शान्ति सुरक्षाको माग गर्दै नेपाल मेडिकल एशोसिएसन सिरहाको अगुवाइमा चिकित्सकहरुले लहानमा बिरोध प्रदर्शन गरेका छन् । 

चिकित्सक कुट्न पाइदैन,शान्ति सुरक्षा कायम गर र चिकित्सकहरुमाथिको हिंसा बन्द गर प्लेकार्ड सहित शुक्रबार लहानको अस्पताल चोकदेखि शहिद चोक हुँदै बजार परिक्रमा गरेका थिए । 

एशोसियसनका अध्यक्ष सुभाष चौधरीले पोखराको मणिपुर,हेटौडा र विभिन्न ठाउँमा प्रहरीकै उपस्थितिमा चिकित्सकहरुमाथि भएको कुटपिटको घट्नाको बिरोधमा चिकित्सकहरु शान्तिपुर्ण आन्दोलनमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो,'चिकित्सक प्रयास गर्दा गर्दै कुनै विरामीको मृत्युभयो भने चिकित्सकहरुमाथि नै हमला भइरहेको छ । पूर्ण शान्ति सुरक्षाको प्रत्याभुति नभए चिकित्सकहरुले सेबा दिन सक्दैन ।' सरकारले शान्ति सुरक्षाको ग्यारेण्टी नगरे आन्दोलन नरोकिने उहाँले। प्रष्टयाउनुभयो ।

एमबिबिएस पढ्ने र विम ...

  जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहा ...

छठको रौंनक घाटमा सरस ...

जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयार ...

‘फाइलहरु खोल्न नसके ...

जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । ...

मंसिर ६ गते सिरहा धन ...

  जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A