नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

  • आश्विन २५, २०८०
  • समृद्धिपथ
alt

नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

एमबिबिएस पढ्ने र विम ...

  जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहा ...

छठको रौंनक घाटमा सरस ...

जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयार ...

‘फाइलहरु खोल्न नसके ...

जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । ...

मंसिर ६ गते सिरहा धन ...

  जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A