सिरहामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

  • आश्विन २६, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

सिरहा । सिरहा प्रहरीले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर सिरहा प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको हो । चाडपर्वलाई लक्षित गरी ९ सय ४४ जना प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दशैं तिहार र छठ पर्वलाईलाई नै लक्षित गरेर ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८०’ तयार गरी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन पाँच सय ६७ जना प्रहरी बाह्य सुरक्षामा र तीन सय ७७ जना प्रहरीको टोली रिजर्भमा रहने सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

बाह्य सुरक्षामा परिचालित प्रहरी टोलीलाई जिल्लाका विभिन्न ठाउँमा नियमित चेकिङ, पैदल, साइकल, मोटरसाईकल, मोवाइल टोली तथा एसआरी, एलआरपी, सादा र क्यूआरटीका प्रहरी परिचालन हुने जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटमा गरी ६९ ठाउँमा पिकेट ड्युटीसहित जिल्लाका महत्वपूणर् प्रतिष्ठान, मुख्य लोकमार्ग, सहायक मार्ग, हुलाकी मार्ग, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल तथा मुख्य बजार क्षेत्रमा सुरक्षा ड्युटी खटाइने छ ।

त्यसै गरी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दशैं, तिहार र छठमा हुने अपराधिक घटना न्युनिकरणको लागी सचेतनामूलक कार्यक्रम संचालन गरिने र अपराधिक तथा अवान्छित गतिविधि, कालो बजारी, लागु औषध, सवारी साधनमा बढी भाडा असुली, चोरी, डकैती, पाकेटमारी, लुटपाट, अवैध मदिरा, अवैध हातहतियार ओसारपसार, तस्करी रोथाम, जुवातास, पटका ओसारपसार जस्ता घटनाहरुलाई मध्यनजर राखी समयमै नियन्त्रण गर्न लागि अधिकतम प्रहरी जनशक्ति परिचालन गरिने प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

विशेष अधिकार प्रत्योजन गरी प्र.नि. को कमाण्डमा १० जना प्रहरी जनशक्तिको चाडपर्व लक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको जनाउदै जिल्लाका मुख्य सिमानाकाहरुमा र बढी भिडभाड हुने स्थानहरुमा चाडपर्व लक्षित गरी सार्वजनिक सवारी साधन तथा छिमेकी राष्ट्र भारतबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुलाई सहजिकरणकोलागि ट्राफिक प्रहरी सहितको संयुक्त ५ स्थान र सिमानाकामा २ गरी जम्मा ७ वटा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको जनाइएको छ ।

सूचना संकलन तथा विशलेषण तथा सम्प्रेषण गर्न विशेष टोलीगठन गरी शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण गरिने छ र सुरक्षा संग सम्बन्धित अन्य संघसंगठनहरु संग सुरक्षा चुनौतीहरुको बारेमा आवश्यक समन्वय र सहकार्य गर्ने विज्ञप्तीमा उल्लेख छ ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A