जीवछ उदासी
नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्यकर्ताहरु जनतामा कमजोर देखा परिरहेका छन् । राजनीतिक एजेन्डान स्थापित गराएका दलहरु माओवादी र मधेशवादीप्रति जनताको भरोसा टुटनु हुदैन्थ्यो तर जनमत कमजोर भइरहेको छ । जनमत कमजोर हुनुको कारणहरु के के हुन् ? यस विषयमा माओवादी र मधेशवादी दलहरु जति गम्भीर हुनुपर्दथ्यो, त्यति भएन । जर्वजस्ती गणतन्त्र र संघियता मानि दिएका दलहरुलाई गणतन्त्र रहेपनि नरहेपनि कुनै खासै मतलव भएन ।
१ कहाँ चुक्यो माओवादी ?
नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरु चुकेकै हो । आफ्नो एजेन्डा स्थापित गराउन जसरी जनपक्षीय काम गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेनन् । केन्द्रिय सत्तामा सहभागी भएपछि अरु दल र माओवादीमा देखिनुपर्ने भिन्ताहरु जनताले महसुस गरिरहेका छैन् । कसको लागि यत्रो दस वर्षको सशस्त्र जनयुद्ध गरियो ? ती आधारभूत वर्गका जनताहरुका लागि कुनै लोकप्रिय कार्यक्रम ल्याउन सकेन । २०७९ को चुनावमा माओवादीको पक्षमा जनमत हवातै घट्यो । गठबन्धन गरेर माओवादीको राजनीति व्यापार निकै निरासाजनक देखियो । नेपाली काँग्रेसको लागि गठबन्धन फाइदाको व्यापार सावित भयो । चुनावको परिणमा आए लगतै नेकपा माओवादी केन्द्र काँग्रेससँगको सम्वन्ध विच्छेद गर्न जरुरी थियो । यस्तो साइत जुरयोपनि । नेकपा एमाले माओवादी मिलेर सत्ताको नेतृत्व प्चण्डले गरेपछि चारैतिर फेरि सबै बाम एक ठाम भयो भने चर्चाले गति लिइयो । जनतामा छाएको निरासा उत्साहमा परिणत भयो । तर टिक्न सकेन । प्रचण्ड ओली मिलन फेरि विच्छेद भयो । काँग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेको प्रचण्ड सरकारको गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइलहरु खोल्न थाले । काँग्रेसबाट असहयोग भयो । अहिले प्रचण्ड र प्रकाश दुवै नेता सरकारमा रहेर केहि गर्न नै नसक्ने अवस्था आएपछि किन सरकारमा रहि रहनुपरयो यत्रतत्र प्रश्न उठि रहेको छ । यो प्रश्न जायज पनि छ । भ्रष्टाचारीहरुलाई संरक्षण गर्नुको कारण लोकतन्त्रको सर्वोत्तम रुप गणतन्त्रप्रति औला उठाउन थालिएको छ । प्रचण्डले सरकारमा रहेर जनतालाई राहत हुने काम गर्न नसके सरकारमा रहिरहनुको आवश्यक्ता छैन । प्रचण्डले काँग्रेससँग सम्बन्ध विस्तार गर्नुृभनदा बाम एकतको लागि जुक्ति लगाउनु उचित थियो । अहिलेपनि काँग्रेससँगको यात्रा प्रचण्डको लागि २०८४ को लागि सुखद छैन । मधेश प्रदेशमा एक जनापनि माओवादीका उम्मेदबारले संघीय सांसदमा चुनिएन । यो गठबन्धन न भएर ठगबन्धन थियो । सावित भैसकेको तथ्यलाई विर्सेर फेरि फेरि नेपाली काँग्रेसँग गठबन्धन गरेर प्रचण्डले आफ्नो राजनीति सिध्याउने हो कि भने संशय आम कार्यकर्ता समर्थकहरुमा देखिएको छ ।
२ समाजवादी मोर्चा नाममात्रैको लागि कि कामको लागि पनि
विचार मिल्ने दलहरुसँग समान विचार र उद्येश्यको लागि मोर्चा बन्नुपर्छ । यो मोर्चा गठन हुनु ठिक छ । तर गठन भएको मोर्चाको प्रभावकारिता देखिएको छैन । मोर्चाले घनिभूत रुपमा काम गरेको भए सामाजवादी कार्यक्रमहरु आउनु पर्दथ्यो । सामाजवादी मोर्चाको रुप स्थानीय तहसम्म बन्नुपर्दथ्यो । यो मोर्चा नेपाली काँग्रेसलाई तर्साउन मात्रै ल्याएको देखिन्छ । यो मोर्चा गठन भएपछि नेपाली काँग्रेसले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डलाई कमजोर बनाउन रणनिित बनाइरहेको कुरा प्रचण्डले सहज रुपकमा ुझेर पनि किन काँग्रेस मोह त्याग्न सकिरहनु भएको छैन । जति गलती नेपाली काँग्रेसले गरेपनि एउटा वर्ग नेपाली काँग्रेससँग अलग हुँदैन । माओवादी आफ्नो विचार सिद्यान्तबाट पछि हट्दै जाने हो भने पार्टी नै विघट्न गर्नुपर्ने अवस्था हुन जान्छ यो कुरा प्रचण्डजलिे विर्सनु हुँदैन । समाजवादी मोर्चा बनाउन उत्साहित र योजना बनाउने डा बाबुराम भट्टराइलाई समेत त्यस मोर्चामा ल्याउन सकिरहनु भएको छैन । समाजवाद उन्मुख संविधानको प्रस्तावनामा लेखियो । मौलिक हकहरुमा शिक्षा स्वास्थ्य , आवास र रोजगार जस्ता समाजवाद स्थापना गर्ने मौलिक हकहरु रहेपनि कार्यान्वयन पक्ष फितलो छ । शिक्षा स्वास्त्थ्य र कृषिमा माफियाहरुको हातमा रहेको छ । माफियाहरुबाट शिक्षा, स्वास्थ्य र कृषिलाई मुक्त गर्न नसक्नु भ्रष्टाचार सम्बन्न्धी फाइलहरु खोल्न नसक्नु, बाम एकता वा मोर्चा बनाउन जिम्मेबार नहुनु पछिल्लो कालमा प्रचण्ड चुक्दै गइरहनु भएको छ । अब उहाँ कि त सरकारमा रहेर फाइल खोल्नुपरयो कि त सरकार छाड्नुपरयो अवस्था आइसकेको छ । काँग्रेसको खेताला भएर मअोवादीको जग बलियो हुँदैन ।
मधेशवादी दलहरु कहाँ कहाँ चुक्यो ?
माओवदी र मधेशवादी गणतन्त्र र संघीयताका प्राणवायु हुन् । संघीयता देशको बोझ बन्यो भने प्रश्नहरु यत्रतत्र उठन थािलरहेको छ । संघीयताको जननी रहेको मधेश प्रदेशमा शिक्षा स्वास्थ्य र कृषिमा कुनै परिवर्तन भएन । जबकि मधेशवादी दलहरुले पाँच वर्ष सरकारको नेतृत्व गरयो । भ्रष्टाचार संस्थागत रुप नै लिइयो । कमिशन दिएपछि मात्रै बजेट निकासा हुने गलत अभ्यासहरु भइरहयो । मधेश प्रदेशका कमि कमजोरीहरु मिडियाले उठाइ रहे तर मधेशवादी दलका नेता उपेन्द्र यादव यस विषयमा समयमा उपयुक्त निर्णय लिन सक्नु भएन । उहाँ हरेक सरकारमा सहभागी भएर जनतालाई सेवा सु्विधा हुने काम गर्न सक्नु भएन । जसको कारण आफ्नै सप्तरी –२ बाट निर्वाचनमा पराजित भइ पछि बाराबाट चुनाव जितेर अहिले संघीय सांसद हुनु भएको छ । गणतन्त्र र संघीयताको पर्यावाची जस्तै रहनु भएका प्रचण्ड र उपेन्द्र यादव गणतन्त्र र संघीयताको रक्षा हेतु चुकेका टाँउहरुमा सुधार गर्दै समाजवादी मोर्चालाई बलियो बनाउन सक्नु भयो भने एउटा अवसर छ । यसमा पनि पछि परेर काँग्रेसकै इसारामा गइरहने हो भने २०८४ दुबै नेताको लागि घाटा त हुन्छ हुन्छ नै । गणतन्त्र र संघीयताप्रति उठिरहेको प्रश्नले के रुप लिइने हो अनयौल नै देखिन्छ ।
३ बामपन्थीहरुको समर्थनमा प्रगतिशिल सरकार आवश्यक
बामपन्थी एकता नेपालको लागि आवश्यक्ता रहँदै आएको छ । जनताले मन पराउने बाम एकता केहि शिर्ष नेताहरुको व्यक्तिगत स्वार्थको कारण धरापमा पर्दै गइरहेको अनुभूति मात्रै होइन, सावित नै भइसकेको छ । प्रचण्ड, केपी ओली र माधव नेपाल प्रवृत्ति बाम एकताको बाधक हुन् । तीनै नेताहरु फेरि उमेरले थाकिसकेपनि नेतृत्वमा रहि रहने हठले बाम एकता संभव भइरहेको छैन । बाम एकताको लागि तीनै दलका युवाहरुले बाम एकताको सुत्र निकालेर नेतृत्वलाई कि त बाम एकता वा मोर्चा बनाउन कि त नेतृत्वबाट हटेर बाटो सहज गर भने किसिमको जर्वजस्त किसिमको दबाब सुजना गर्न आवश्यक छ । यतिवेलैको समाजवादी गणतन्त्र र संघीयतावादीहरुलाई एक ठाउँमा लियाएर बाम पन्थीहरुको समर्थनमा प्रगतिशील सरकार बनाएर संविधानको भावना अन्ुसारको कार्यक्रमहरु ल्याएर जनताको कन जित्न नसके राजावादीहरु धर्मको नासा लगाएर राजतन्त्र ल्याउन हरेक थोक नगर्ला भन्न सकन्नँ । गणतन्त्र र संघीयताको रक्षा गर्ने दायित्व वहन गर्न प्रचण्ड केपी ओली माधव नेपाल र उपेन्द्र यादवको बीचमा एकता हार्दिकता र सम्झदारी आवश्यक छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A