लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

  • माघ ११, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्टॉलहरू रहने छन् जसमा मुख्यतः नेपाली घरेलु साना तथा मझौला र ठूला उद्योग, विदेशी सामान र कृषि उत्पादहरूलाई प्रदर्शन गर्ने जनाइएको छ ।

photo_2024-01-25_19-07-58

प्रदर्शनी तथा विक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वाल उद्यान तथा मनोरन्जन क्षेत्र र खानपान क्षेत्रगरी महोत्सवलाई चार भागमा विभाजन गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेल, फैशन शो र कला प्रस्तुतिहरू पनि हुनेछन् । लहान नगरपालिको संरक्षकत्व रहने यस महोत्सवलाई उत्कृष्ट बनाउन प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको साथ तथा सहयोग रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

लहान एक्स्पोले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा सम्बन्ध बनाउने एक महत्वपूणर् कदमको रूपमा उत्कृष्टता प्रदान गर्ने र यसले देशको आर्थिक गतिविधिलाई बढावा दिने योजनामा एक महत्वपूणर् योगदान प्रदान गर्ने जनाइएको छ ।

महोत्सवले विशेष गरी उपभोक्ता र उत्पादकहरूबीच सौहार्दपूणर् सम्बन्ध स्थापित गर्ने र प्रविधिहरूलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्नेछ ।

महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाँ प्रवेश शुल्क र बिद्यार्थीलाई निःशुल्क राखिएको छ ।स्थानीय र अन्तर्राष्ट्रिय स्तरको कलाकारहरुको सहभागिता रहने महोत्सवमा २ लाख दर्सकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

photo_2024-01-25_19-07-58 (2)

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A