लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

  • बैशाख १०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो ।

होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो ।

photo_2024-04-22_20-13-23 (2)

लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले थारु संस्कृति, संस्कार र सभ्यतामा रमाउन थारु समुदायले होमस्टे संचालनमा ल्याएको बताउनु भयो । उहाँले शुरुमा ११ वटा होमस्टे संचालनमा ल्याएकोमा यसलाई बढाउँदै लैजाने बताउनु भयो ।

थारु समुदायको संस्कार त्यसै पनि पाहुनालाई स्वागत र सत्कारमा कमी नराख्ने समुदाय हो अब होमस्टे संचालनमा आएसंगै पाहुनको स्वागत र सत्कारका लागि थारु कला संस्कृति रहनसहन र खानपानमा जोड दिइने जानकारी दिनुभयो ।

बानो गाउँ थारु सामुदायिक होमस्टेमा जाने जो कोही पाहुनाले अब थारु संस्कृतिमा त सजिलै रमाउन पाउँछन् नै यसका साथै नजिकै रहेको पर्यटकीय स्थल खोल्सीमा नाचगान गरी भरपूर मनोरञ्जन लिनेछन् ।

थारु समुदायको खानपान, संस्कृतिलाई बचाउँदै भावीपुस्तालाई समेत संस्कार र संस्कृति बाचइ राख्न प्रेरणा दिने र पूर्खाले गरेका कुराहरुको उजागर गर्ने उद्देश्यले होमस्टे संचालन गरिएको स्थानीय रामकुमारी चौधरीले बताउनु भयो ।

घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका अर्गानिक खानाका परिकार, कला, संस्कृतिको जर्गेना गरी थोरै आयआर्जनको समेत पाटो होमस्टे रहेको बानो गाउँ थारु सामुदायिक होमस्टेका अध्यक्ष लक्ष्मणीया चौधरीले बताउनु भयो ।
होमस्टे सञ्चालन गर्न स्थानीय अच्चमित चौधरी, मुक्ति चौधरी र समुझलाल चौधरीले दुई कट्ठा जग्गा उपलब्ध गराएका छन भने नगरपालिकाले ३५ लाख रकम सामुदायिक भवन निर्माणका लागि दिएको जनाइएको छ ।

photo_2024-04-22_20-13-24 (2) photo_2024-04-22_20-13-24 photo_2024-04-22_20-13-24 (3)

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A