मधेश प्रज्ञा प्रतिष्ठानको अन्तरसंवाद कार्यक्रम सम्पन्न

  • वैशाख ३०, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।

photo_2024-05-12_18-33-58

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो ।

अन्तरसंवाद कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले मधेश प्रदेशमा बोलिने मातृ भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकलालाई उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागेको बताउदै मधेशका आठवटै जिल्लामा यस्ता कार्यक्रम गरेर यस विधामा देखिएका कमि कमजोरी र सुझावहरुलाई संकलन गरी सबै विधाको संरक्षण र संवर्धन गर्न प्रतिष्ठान अघि बढेको बताउनु भयो ।

photo_2024-05-12_18-33-59 (2)

एक सय भन्दा बढी सहभागी रहेको कार्यक्रममा मधेश विकासका लागि भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन हुनु पर्ने धारणा सहभागी वत्ताहरुले राखेका थिए ।

जागरण नेपाल सिरहाका अध्यक्ष ज्ञानेन्द्र रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार शिवकुमार साहले गरेका थिए ।

photo_2024-05-12_18-33-57 (3) photo_2024-05-12_18-33-57 (2) photo_2024-05-12_18-33-57 (4) photo_2024-05-12_18-33-57 photo_2024-05-12_18-33-57 (5) photo_2024-05-12_18-33-58 (3) photo_2024-05-12_18-33-59

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A