बम पड्काएर लहानमा लुटपाट

  • जेठ २, २०८१
  • समृद्धिपथ
alt

 

२०८१ जेठ ०१, मङ्गलबार

लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ ।

लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए ।

उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो ।

अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र अन्य सामान लुटेर भागेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।

हतियारधारी समूह भारतीय रहेको प्रहरीले जनाएको छ । घटनापश्चात् लुटेरा समूहको खोजीमा तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

लुटपाट गर्न पड्काइएको बमको छर्रा लागेर ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको लहान प्रादेशिक अस्पतालमा उपचार भइरहेको एसपी पण्डितले जनाए ।

चार महिनाअघि यौन दुर ...

सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवा ...

जसपा लहान नगर अध्यक् ...

  जीवछ उदासी  लहान,बैशाख ४ गते  जनता ...

रास्वपा सांसद सुमना ...

काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी (रास्वपा)की सांसद ...

गणतन्त्रको सवलताको ल ...

  जीवछ उदासी  अहिले प्रतिगामी शक्तिहरु टाउक ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A