सामुदायिक विद्यालयमा अंग्रेजी मोह

  • जेठ २, २०८१
  • समृद्धिपथ
alt

 

 जीवछ उदासी

सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ ।

गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् ।

लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना नहुँदा लहान नगरपालिका शिक्षा शाखाले अंग्रेजी माध्यम रोजेर पहिलो चरणमा श्री लक्ष्मण ललतिा कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुरमा भर्ना लिएर फरक समयमा सञ्चालन गरेको लहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी प्रसाद यादवले बताउनुभयो । उहाँको अनुसार ५९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई चितवनका नारायणी माध्यमिक विद्यालयको शैक्षिक भ्रमण गराएर नमूना विद्यालयको रुपमा सुरुवात गरिएको हो । सफल यस अभ्यासलाई ग्रामीण क्षेत्रका विद्यालयहरुमा लागु गर्ने तयारी भइरहेको छ । अभिभावकहरुमा देखिएको अंग्रेजी मोहलाई पुरा गर्न यस्तो अभ्यास थालिएको हो ।

नमूना विद्यालयमा वार्षिक रुपमा कक्षा (१–५) सम्म सात हजार ७००,कक्षा ६ मा नौ हजार ९००,कक्षा ७ मा एघार हजार १००,कक्षा ८ मा बाह्र हजार २५०,कक्षा ९ मा चौध हजार र कक्षा १० को लागि सोह्र हजार ५०० तोकिएको छ । यस नमूना विद्यालयमा पढाउन शिक्षकहरु सामुदायिक विद्यालयका शिक्षकहरु नै हुन् ।लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा फरक समयमा दिनभरी  विहानको सत्रमा नेपाली माध्यममा र एक बजेदेखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख यादवले जानकारी गराउनुभयो ।  

नेपाली माध्यममा शुल्क नलिइकन विद्यालय सुधार गर्न सकिँदैन भने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा लहान नगरउप्रमुख राम चलितर महतो भन्नुहुन्छ,‘थोरै शुल्कमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दा आर्थिक अवस्था कमजोर भएकाहरु  आफ्ना बालबालिकाहरुलाई अंग्रेजी माध्यमममा पढाउन सक्ने भएर अभिभावकहरु खुसी भएर विधार्थी भर्ना गराइ रहेका छन् ।  सफल यस अभ्यासलाई विस्तार गर्न लहान नगरपालिकाले ग्रामीण भेगका विद्यालयहरुमा अभिभावकहरुले तिर्न सक्ने शुल्कमा लागु गरिनेछ ।’

नाम चलेको शैक्षिक विरासत र इतिहास बोकेको विद्यालयहरुमा समेत विधार्थीको संख्या घटेपछि लहान नगरपालिकाले राम्रो अभ्यास थालेकोले आफ्नो विधार्थीको भर्ना गराएको लहान–१४ का  योगेन्द्र यादवलेय बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षामा सुधार गर्नको सामुदायिक विद्यालयमापनि अंग्रेजी माध्यममा पढाई सुरु गर्न आवश्यक छ ।’

सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार गर्नको लागि सामुदायिक र संस्थागत विद्यालयका पाठ्यपुस्तकहरुमा एकरुपता गर्न आवश्यक छ । अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा सबैको चाहना भएकोले परम्परागत तरिकाले सामुदायिक विद्यालय चलाएर नहुने मानवअधिकारवादी राज कुमार राउतले भन्दै संविधानको मौलिक हकको धारा ३१ ममा माध्यमिक शिक्षा निःशुल्क भनिएकोले शिक्षामा देखिएको व्यापारीकरणको अन्यत गरी एकरुपता कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

ग्रामीणभेग दूरदराजबाट बसमा समेत विधार्थीहरु ल्याएर शहरी क्षेत्रमा संस्थागत विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाउन अभिभावकहरुले ठूलो धनराशी खर्च गरिरहेको छ । शिक्षामा देखिएको व्यापारीकरण हटाउन र सबैले एकै किसिमको शिक्षा आर्जन गर्न पाउन यसको लागि तीनै तहको सरकारको ध्यान जानुपर्नै मधेश प्रदेका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । उहाँलेभन्नुभयो,‘निःशुल्क शिक्षा आर्जन गर्न पाउनुपर्ने सैवैधानिक अधिकारको प्रत्याभूति गराउन लहान नगरपालिकाले पाठ्यपुस्तकमा एकरुपता ल्याउनुपर्नेमा शुल्क लिएर अंग्रेजी मोहमा विधार्थीहरुलाई धकेल्नु उचित देखिएको छैन।’

 

                   

         

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A