महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम

  • जेठ १५, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदास
लहान,जेठ १५ गते ।

लहान नगरपालिकाको शहरी क्षेत्रका वेरोजगार महिलाहरु आत्मनिर्भर हुनको लागि ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर–६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो ।

ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्येश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर–६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो ।

तलिमका स्थानीय प्रशिक्षक सिमला महतो भन्नुहुन्छ,‘म आफैं बेरोजगार थिए । दसवर्ष अगाडि ब्युटिपार्लरको तालिम लिएर आत्मनिर्भर भएकी छु । महिनाको पचास हजारसम्म लगन विवाहको समयमा चाडपर्वको समयमा कमाई भइरहन्छ । आफू जस्तै सहभागी तीस जनालाई आत्मनिर्भर बनाउन प्रशिक्षण दिइरहेको छु ।’
स्नातक उतिीर्ण लहान –६ की पूजा भण्डारी आफू सरकारी जागीरमा गएपनि बाँकी रहेको समयमा पार्लर चलाएर थप आम्दानी गर्ने सोचले यस तालिममा सहभागी भएको भन्दै लहान नगरपालिका वडा नम्बर –६ ले रोजगारीको लागि बाटो देखाई दिएको बताउनुभयो ।

ब्यवस्थित ब्युटिपार्लर सञ्चालनको लागि न्युनतम दुई लाख पुँजी लाग्ने गरेकोले तालिममा सहभागी भएका महिलाहरुले चार पाँच जनाको समूहमा लगानी गरेर पार्लर व्यवसाय गरेर आत्मनिर्भर गराउन आफू सक्रिय भूमिका समेत खेलिेको प्रशिक्षक महतोले भन्दै वेरोजगारको आफूलाई थाहा भएकोले रोजगारी सृजना गर्ने गरी मेहनेत गरेर पार्लरका हरेक किसिम सिकाइ रहेको बताउनुभयो ।

केवल भौतिवक विकास मात्रै विकास होइन, रोजगारी सृजना गर्ने गरी लहान नगरपालिकाले युवा महिलाहरुलाई रोजगारी दिनको लागि सीप मुलक तालिम दिएर बीउँ पूँजीको लागि समेत लगानी गर्न नगरपालिकाले काम गरीरहेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो ।

महिला हिंसाबाट मुक्त समाज निर्माणको लागि महिलाहरुलाई सीपमुलक तालिम दिएर रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउन सिरहाका १७ वटै पालिकाहरुमा गरेको पहलले तालिम दिइरहेको महिला मानव अधिकारकर्मी रेणु कर्णले बताउनुभयो । उहाँको अनुसार सिलाई कटाई र पार्लिर तालिम र कृषिबाट आय आर्जन कार्यक्रमलाई समेत जोडेर महिला सहकारीको माध्यमबाट रोजगारी सृजना गर्न पालिकाहरुले सक्रियता बढाएको छ । यसको निरन्तर दिइरहन सरोकारवालाहरु अझै फराकिलो भएर कार्यक्रम बनाउन महिला अधिकारकर्मिहरुले पहल गरिरहेका छौं ।

 

 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A