लहानमा मेलाको आयोजना गरी स्वच्छता दिवस मनाइयो

  • जेठ १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । ‘महिनावारी मैत्री विश्व’ भन्ने मुल नाराका साथ आज लहानमा पनि विश्व महिनावरी स्वच्छता दिवसको अवसरमा मेला कार्यक्रम मनाएका छन् ।

मे २८ अर्थात जेठ १५ गते यो दिवस मनाउने गरिए पनि यस वर्ष गणतन्त्र दिवसका कारण जेठ १६ गते अर्थात आज बुधबार लहानमा मेलाको आयोजना गरी मनाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि लहान नगरपाकिका नगरप्रमुख महेश प्रसाद चौधरीले महिनावारी बिभेद र छुवाछुत जस्ता हानीकारक प्रथा परम्पराजन्य अभ्यासलाई कानुनले नै दण्डणिय बनाइसकेको अबस्थामा पनि हाम्रो समुदायमा महिनावारी सम्बन्धि गलत धारणा र त्यसबाट सीर्जित बिभेदकारी अभ्यास ब्याप्त रहेको बताउनु भयो । यो कुनै अभिसाप नभई प्रकृतिको उपहार हो भन्नु भयो ।

उहाँले महिला तथा किशोरीहरुको सम्मानित जिवन यापनका लागि स्वास्थ्य अधिकार सम्बन्धि अझ धेरै सचेतनामुलक कार्यक्रमहरु गर्न आबस्यक रहेको धारणा राख्नु भयो ।

441548437_767239125394163_6313329545504254127_n

त्यस्तै महिनावारीको समस्यालाई अझै गहिरिएर बुझ्न र यसलाई उचित व्यवस्थापन गर्नका लागि यो दिवस मनाइने गरिएको सरोकारवालाले बताएका छन् ।

अधिकांश महिलाहरु महिनावारी बारे अझै पनि खुलेर बोल्न नसक्ने भएकाले पनि यो दिवसको महत्व धेरै रहेको लहान नगरपालिकाका कार्यक्रम संयोजक महेश्वरी चौधरीले बताउनु भयो ।

उहाँले महिनावारी भएका महिलाका लागि आवश्यक ंस्वास्थ्य सुविधाको माग उठाउन र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।

मेला कार्यक्रममा लहानका १४ वटा विद्यालयका ३ सय भन्दा बढि किशोरीहरुको उपस्थित रहेको थियो भने आधा दर्शन विभिन्न शिक्षामुलक स्टलहरु राखिएका थिए ।

दलित जनकल्याण यूवा क्लव लगायतका संस्थाहरुको आयोजामा मेला कार्यक्रम सम्पन्न भएको थियो ।

438329616_423933537189203_8809475399445374409_n 439195255_7480763778710255_5138723341825609158_n 441358801_1094762751611450_3452591870331784715_n 439232516_480845714451022_2961618103075147855_n 441413450_828580725272449_8658139619784282380_n 441558266_995077658755013_6516012967656915662_n 441531167_327582033712403_9071449968481334911_n 441951495_834096645480827_6598825322128278125_n

 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A